शनिबार, कात्तिक ७, २०८३

ठेकेदार पक्राउप्रति महासंघको आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरू पक्राउ परेकोप्रति आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले विधि र प्रक्रियाको खिल्ली उडाउँदै धमाधम ठेकेदार पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो । 

महासंघका कार्यवहाक अध्यक्ष लक्ष्मणकुमार राना र महासचिव रामशरण देउजाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, निर्माण व्यवसायीलाई पक्राउ गरेर सरकारले विधि र प्रक्रियाको खिल्ली उडाएको छ । सरकारले लोकतान्त्रिक मूल्य मान्यता विपरित काम गरेको आरोप समेत लगाइएको छ । 

निर्माण व्यवसायीलाई कार्यालयबाटै धरपकड गरिनु अपत्तिजनक भएको महासंघको भनाई छ । भौतिक पूर्वाधार निर्माण आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन नसक्नुको दोष व्यवसायीमाथि मात्र थोपरिनु जायज नभएको उसको जिकीर छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।