बुधबार, फागुन २७, २०८२

चीनमा ३ सन्तान जन्माउन अनुमति

चीन सरकारले तीन सन्तान जन्माउन पाइने नीति ल्याएको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– चीन सरकारले तीन सन्तान जन्माउन पाइने नीति ल्याएको छ।

National life

चीनको जनसंख्यामा १० वर्षयताकै सबैभन्दा कम वृद्धि भएको र आगामी केही वर्षमा जनसंख्या निकै घट्ने आँकलन गरिएपछि सरकारले एक दम्पतीले तीन सन्तान जन्माउन सक्ने नीति ल्याएको हो।

चीनका राष्ट्रपति सि जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकमा दुई सन्तानमात्रै जन्माउन पाउने नीति परिवर्तन गरी तीनसम्म जन्माउन सक्ने नीति अनुमोदन गरेका हुन्।

हालसालै भएको चीनको राष्ट्रिय जनगणनाले चीनमा अघिल्लो वर्ष १ करोड २० लाख बालबालिकाको जन्म भएको तथ्यांक देखाएको थिायो। यो तथ्यांक सन् २०१६ को भन्दा १ करोड ८० लाख कम हो। चीनको जनसंख्या वृद्धिदर सन् १९६० भन्दा यताकै सबैभन्दा कम भएको बताइएको छ।
 

प्रकाशित: May 31, 2021| 08:07 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।