बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा अनलाइन कक्षामा यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

भारतमा अनलाइन कक्षामा यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

भारतको तामिलनाडुमा छात्राहरूमाथि अश्लील हर्कत गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडाैं - भारतको तामिलनाडुमा छात्राहरूमाथि अश्लील हर्कत गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

National life

अनलाइन कक्षा लिँदा शिक्षकले अन्तरंग र अश्लील म्यासेज पठाउने गरेपछि छात्राहरूले विरोध गरेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

तमिलनाडुको प्रतिष्ठित स्कुलका शिक्षकको हर्कत बाहिरिएपछि विरोध भएपछि स्कुलका व्यवस्थापकले शिक्षकप्रति अश्लील म्यासेज गरेको आरोप लागेकाले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ।

शिक्षकले अनलाइन कक्षामै यस्तो व्यवहार देखाएपछि भारतभर यसको विरोध भइरहेको छ। विद्यालय प्रशासनले शिक्षकलाई निलम्बित गरेको छ।

यस्तो घटना बाहिरिएपछि भारतभर रहेका विद्यार्थीले आ-आफ्ना अनुभव तथा सहेको हिंसाबारे सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन्। बालबालिकाले लगाएका अधिकांश आरोपहरू तामिलनाडुको बाल अधिकार आयोगमा पुगिसकेका छन्।

Laxmi sunrise bank
kumari

स्कुलका बालबालिका आफूसँग भएको तथा गरिएको हिंसाबारे बोल्ने क्रम बढेपछि प्रहरीले सुरक्षाका लागि बालबालिकाका सम्पूर्ण सूचनाहरू गोप्य राखिने बताएको छ।

सुरक्षाका हिसाबले विद्यार्थी, अभिभावकले भने सञ्चारमाध्यमसँग खुलेर कुरा गर्न डराइरहेका छन्। तामिलनाडूका शिक्षामन्त्री अनबिल महेशले शिक्षकको गल्ती भए कडा कारबाही गरिने बताएका छन्। घटनासम्बन्धी अध्ययनअनुसन्धानका लागि छुट्टै कमिटी गठन गरिने पनि मन्त्रीले जानकारी दिएका छन्।

तामिलनाडूको बाल अधिकार आयोगले स्कुल व्यवस्थापनलाई पत्राचार गरेको छ। जसको सुनवाइ जुन ४ मा हुने भएको छ।

बाल अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरूले बालबालिकाको आत्मविश्वास बढाउनकै लागि भए पनि यौन हिंंसा तथा अश्लील हर्कत गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन्।

तामिलनाडूमा एक दशक अघि पनि यस्तै घटना बाहिरिएको थियाे। तामिलनाडूको मदुरै जिल्लाको एक सरकारी स्कुलका हेडमास्टरमाथि ९६ जना विद्यार्थीलाई यौन उत्पीडन तथा अश्लील हर्कत गरेको आरोप लागेको थियो।

सन् २०११ मा बाहिर आएको यो घटना निष्कर्षमा पुग्न करिब सात वर्ष लागेको थियो। हेडमास्टरविरुद्ध उजुरी दिएका ९६ छात्रामध्ये २२ जना मात्रै बाँकी थिए।

हेड मास्टरलाई लगाइएको आरोप प्रमाणित भएपछि उनीलाई ५५ वर्षको जेल सजाय सुनाइएको थियो।

प्रकाशित: May 31, 2021| 07:38 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।