मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • सुनसान उपत्यका, प्रशासन भन्छ- अझै केही दिन धैर्य गरौं [तस्बिरहरु]

सुनसान उपत्यका, प्रशासन भन्छ- अझै केही दिन धैर्य गरौं [तस्बिरहरु]

‘तीव्र रुपमा फैलिने आंकलन गरिएको काठमाडौं उपत्यकाको कोरोना संक्रमणलाई निषेध आदेशले धेरै हदसम्म रोकेको छ। यसको पूर्ण पालना गरेर अझै केही दिन धैर्य गरौं।’ 
 |  सोमबार, जेठ १७, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, जेठ १७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा निषेध आदेश भएको आइतबार एक महिना बितेको छ। सबै क्षेत्र ठप्प हुँदा सहर पनि सुनसान छ। अति आवश्यकबाहेक मानिसहरु घरबाहिर निस्कन पाएका छैनन्। सडकमा सुरक्षाकर्मीले निगरानी बढाएकाे छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेध आदेश कोरोना नियन्त्रणमा प्रभावकारी बन्दै गएकाले केही समय अझै धैर्य गर्न आग्रह गर्छन्। उनी भन्छन्, ‘तीव्र रुपमा फैलिने आंकलन गरिएको काठमाडौं उपत्यकाको कोरोना संक्रमणलाई निषेध आदेशले धेरै हदसम्म रोकेको छ। यसको पूर्ण पालना गरेर अझै केही दिन धैर्य गरौं।’  उनले आगामी दिनमा अवस्था हेरेर निषेध आदेशलाई कसरी अगाडि बढाइने भन्ने विषयमा छलफल गरिने बताए। 

पानी परेपछिको पाटन दरबार क्षेत्र।
ठमेलमा गन्तव्यतर्फ लागेका बटुवा।
काठमाडौं दरबार स्क्वायर परिसरमा हिँड्दै गरेकी वृद्धा।
पाटनबाट देखिएको काठमाडौं उपत्यका।
साँखुमा घडेरीका लागि प्लटिङ गरिएको ठाउँमा कार्यरत श्रमिक।
प्रकाशित: May 31, 2021| 05:06 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।