काठमाडौं- तिब्बतले नेपाललाई अक्सिजन भरिएका ८ सय सिलिन्डर र २ सय आइसियू बेड हस्तान्तरण गरेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले तिब्बतले ती सामग्री नेपालको तातोपानीसम्म ल्याएर नेपाललाई हस्तान्तरण गरेको जानकारी दिएकी हुन्।
'तिब्बतले प्रदान गरेका अक्सिजन भरिएका ८ सय सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ५ भेन्टिलेटर, २ सय आइसियू बेड र १५ हजार एन्टिजेन टेस्ट किट तातोपानी नाकामा हस्तान्तरण गरिएको छ,' यान्छीले ट्विटमा लेखेकी छन्।
यसअघि पनि चीनले करिब १८ हजारभन्दा बढी अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको थियो।
One more batch! 800 filled oxygen gas cylinders, 10 oxygen concentrators, 5 ventilators, 200 ICU beds and 15,000 antigen kits donated by Xizang (Tibet) were handed over at Tatopani border port! pic.twitter.com/RbQicKihrx
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 30, 2021