बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायलका प्रधानमन्त्री नेतन्याहूलाई सत्ताच्यूत गर्ने विपक्षी गठबन्धनको तयारी

इजरायलका प्रधानमन्त्री नेतन्याहूलाई सत्ताच्यूत गर्ने विपक्षी गठबन्धनको तयारी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अपदस्थ गर्ने तयारी विपक्षी गठबन्धनले थालेको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अपदस्थ गर्ने तयारी विपक्षी गठबन्धनले थालेको छ। इजरायलमा सबै भन्दा लामो समयसम्म शासन गरेका नेता नेतन्याहूलाई अपदस्थ गर्ने तयारी भइरहेको यामिना पार्टीका दक्षिणपन्थी नेता नेफ्ताली बेनेटले बताएका छन्।

National life

बेनेटले आफ्नो पार्टी विपक्षी नेता यैर लिपिडसँग मिलेर गठबन्धनको नयाँ सरकारका लागि छलफल भइरहेको बताएका छन्। विपक्षी दलका प्रमुख नेता लिपिडलाई गठबन्धन बनाउनका लागि बुधबारसम्मका लागि समय दिइएको छ।

तर, प्रधानमन्त्री नेतन्याहूलले यो गठबन्धन राष्ट्र हितका लागि घातक हुने बताएका छन्। यामिना पार्टी प्रमुख बेनेटले आइतबार एक टेलिभिजनमा बोल्दै लिपिड नेतृत्वको सरकार गठनका लागि पूर्ण रुपमा साथ दिने बताएका थिए। उनले आफ्नो पार्टीले आवश्यक सबै कदम उठाउने जनाएका थिए।

प्रधानमन्त्री नेतन्याहूले मार्चमा भएको आम चुनावमा निर्णायक बहुमत प्राप्त गर्न सकेका थिएनन्। इजरायलमा पछिल्ला दुई वर्षमा अनिर्णित चार निर्वाचन भइसकेका छन्।

प्रकाशित: May 31, 2021| 01:24 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।