सोमबार, साउन १८, २०८३

इम्युनिटी बलियो बनाउन यी खाने कुरा खानुस्

इम्युनिटी पावर स्वास्थ्यलाई निकै आवश्यक हुन्छ। इम्युनिटी पावर बलियो हुँदा मानिसमा धेरै रोगले सहजै आक्रमण गर्न सक्दैन।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

रोग प्रतिरोधात्मक क्षमता बढ्दा स्वास्थ्यलाई निकै फाइदा पुग्छ। अहिले कोरोना संक्रमणको महामारी छ। यस्तो बेला इम्युनिटी पावर स्वास्थ्यलाई निकै आवश्यक हुन्छ। इम्युनिटी पावर बलियो हुँदा मानिसमा धेरै रोगले सहजै आक्रमण गर्न सक्दैन।

इम्युनटी कमजोर हुँदा कोरोना मात्र नभएर अन्य थुप्रै रोगको जोखिम हुन्छ। त्यसैले हामीले सधै इम्युनिटी बलियो बनाउने खाने कुरामा ध्यान दिनुपर्छ।

लसुनमा थुप्रै पोषक तत्व पाइन्छ। जसले शरीरका लागि फाइदा गुगाउँछ। लसुन इम्युनिटी बढाउन पनि सहयोग गर्छ। बिहान खाली पेट मनतातो पानीका साथ लसुन सेवन गर्नु निकै लाभदायक मानिन्छ।

यस्तै अमलाले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ। बिहान खाली पेट मनतातो पानीसँग यसको सेवन गर्नु निकै राम्रो मानिन्छ।

महले स्वास्थ्यका लागि निकै महत्वपूर्ण चिज हो। आयुर्वेदमा महको निकै महत्व छ। बिहान खाली पेट मनतातो पानीसँग नियमित रुपमा एक चम्मच महको सेवन गर्दा यसले तौल घटाउनुका साथै इम्युनिटी सिस्टम बलियो बनाउने काम गर्छ। मह पानीले रुखा, खोकी जस्ता समस्याबाट पनि छुट्कारा दिन्छ।

प्रकाशित: May 31, 2021| 01:07 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्