विराटनगर- मोरङको बुढीगंगा गाउँपालिकामा रहेको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । राती सवा १० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउने सकेको छैन् ।
आगो नियन्त्रणका लागिा झापा, मोरङ र सुनसरीका ११ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समेत आगो नियन्त्रणका लागि खटिएका छन् ।
आगो अहिलेसम्म ६५ प्रतिशत मात्रै नियन्त्रमा आएको र पूर्ण रुपमा नियन्त्रणमा आउन अझै कम्तिमा २ घन्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगलागीको कारण खुल्न नसके पनि गोदामबाट आगो सल्किएको जनाइएको छ । गोदाममा रहेको बनाइएको कार्ट्ुन पूर्णरुपमा जलेर नष्ट भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४