सोमबार, जेठ ४, २०८३

केयर नेपालद्वारा सरकारलाई १ करोड ३५ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण 

कोभिडको दोस्रो लहरले जनसमुदाय र स्वास्थ्य क्षेत्रलाई पारेको प्रभावसँगै महामारीको नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको केयर नेपालले उल्लेख गरेको छ। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

National life

काठमाडौं- केयर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ करोड ३५ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। केयर नेपालले आइतबार ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो। 

कोभिडको दोस्रो लहरले जनसमुदाय र स्वास्थ्य क्षेत्रलाई पारेको प्रभावसँगै महामारीको नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको केयर नेपालले उल्लेख गरेको छ। 

सामग्री बुझ्दै मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले केयर नेपाललाई धन्यवाद ज्ञापन गरे। केयर नेपालकी कार्यवाहक राष्ट्रिय निर्देशक मोना शेर्पाले महामारीको जोखिम न्यूनिकरण गर्दै सुधार गर्न, रोग नियन्त्रण र रोकथाम गर्न होस्ठेमा हैँसे गरेको उल्लेख गरिन्। 
 
प्रकाशित: May 30, 2021| 13:52 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्