बिहीबार, असार २६, २०८२

नेपाली बाइक राइडरको श्रीलंकामा मृत्यु

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
कोलम्बो- श्रीलंकामा भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेका एक नेपाली माउन्टेन बाइक राइडरको नदीमा डुबेर बुधबार मृत्यु भएको छ । 

नेपाली राइडर नारायणगोपाल महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजधानी कोलम्बोबाट दुई सय ३० किलोमिटर दक्षिण–पूर्वस्थित कुडा ओयाको रहाबेली नदीमा उनी डुबेका हुन् । ‘नजिकको रिजर्भवायरबाट उनको शव निकालेका छौं,’ एक प्रहरी अधिकृतले भने । 

श्रीलंकाको राष्ट्रिय ध्वजावाहक श्रीलंकन एयरलाइन्सले उक्त प्रतियोगिताको आयोजना गरेको हो, जसको नाम दिइएको थियो ‘रम्बल इन दी जंगल’ । उक्त घटनापछि प्रतियोगिता रद्द गरिएको एयरलाइन्सले घोषणा गरेको छ । 

उक्त प्रतियोगितामा नेपालका महर्जन, अजय पण्डित क्षत्री र बुद्धिबहादुर तामाङ सहभागी थिए । बेलायत, जर्मनी, इटाली, स्विट्जरल्यान्डलगायत मुलुकका ३९ जना प्रतिस्पर्धी थिए । एएफपी
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।