सोमबार, असार २९, २०८३

रामेछापमा प्रहरी र स्थानीयबीच झडप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप हुँदा ४ जना घाइते भएका छन् ।

बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीमाथि प्रहरीले लाठी चार्ज गरेको हो । 

बुधबार राति मन्थलीको भैसेसुरमा प्रहरीले लाठीचार्ज गर्दा ३ जना व्यवसायी र समाचार संकलनमा गएका एकजना पत्रकार घाइते भएका हुन् । घाइतेहरुलाई राति नै तामाकोसी सहकारी अस्पतालमा ल्याएर उपचार गरिएको छ ।

बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि गएको जेठ २५ गतेदेखि सिन्धुली प्रशासनले वीपीमार्ग हुँदै रामेछाप छिर्ने यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । त्यसकै विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । 

तराई तथा काठमाडौंबाट रामेछाप छिर्ने वैकल्पिक मार्ग नहुँदा रामेछापको बजारमा दैनिक उपभोग्य तथा निर्माण सामाग्रीको चरम अभाव भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।