मंगलबार, असोज १३, २०८३

सहुलियतपूर्ण कर्जा थप दुई क्षेत्रलाई पनि 

सरकारले थप दुई वटा क्षेत्रमा सहुलियतपूर्ण ऋण दिने भएको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौ‐ सरकारले थप दुई वटा क्षेत्रमा सहुलियतपूर्ण ऋण दिने भएको छ। शनिबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले पहिले सन्चालनमा रहेका ७ वटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा कार्यक्रम निरन्तरता दिई थप दुई वटा क्षेत्र पनि थपेको हो। 

आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी आर्थिक वर्षमा सरकारले स्नातक तह भन्दामाथि अध्ययन गरेका विद्यार्थीहरूको लागि प्रमाणपत्र धितोमा २५ लाखसम्म सहुलियतपूर्ण ऋण दिने जनाएको छ। 

त्यस्तै खेलकुद क्षेत्रबाट रिटायर्ड भएका खेलकुदकर्मीहरूको जीवन राम्रोसँग विताउन व्यवसाय गर्न चाहेमा पनि सहुलियतपूर्ण ऋण दिने अर्थमन्त्री पौडेलले बजेट भाषणमार्फत जानकारी दिए। ती थपिएका दुवै क्षेत्रमा दिइने सहुलियतपूर्ण कर्जाको व्याजदर ५ प्रतिशत रहेने छ।

यसअघि नेपालमा महिला व्यवसायी, विदेशबाट फर्केका नागरिकलाई, प्रमाणपत्र धितो लगायतका सातवटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिँदै आएको थियो।

प्रकाशित: May 29, 2021| 12:10 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्