न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेनले ६० खर्ब अमेरिकी डलर बराबरको वार्षिक बजेट सार्वजनिक गरेका छन्। शुक्रबार ह्वाइटहाउसले बाइडेन प्रशासनको पहिलो बजेट सार्वजनिक गरेको हो।
बजेटमा धनी वर्गका मानिसलाई लाग्ने कर वृद्धिको प्रस्ताव गरिएको छ। यसका साथै सामाजिक कार्यक्रम र जलवायु परिवर्तन न्यूनीकरणका लागि उल्लेख्य रकम विनियोजन गरिएको छ।
बजेटमा ८ खर्बभन्दा बढी जलवायु परिवर्तनको असर न्यूनीकरणमा खर्च गरिने उल्लेख छ। यस्तै ३-४ वर्षका बालबालिकाको पूर्व प्राथिमक शिक्षाका लागि २ खर्ब डलर खर्च गर्ने प्रस्ताव गरिएको छ। १ खर्ब डलर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तारमा खर्चा गरिने बजेटमा उल्लेख छ।
बाइडेनले सार्वजनिक गरेको बजेट कंग्रेसबाट पारित हुन भने बाँकी छ। रिपब्लिक पार्टीका सिनेटर लिन्डसे ग्राहमले यो बजेट अति ठूलो भएको टिप्पणी गरेका छन्।