आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युरोपमा १२–१५ वर्ष उमेरका बालबालिकाको लागि फाइजर खोपलाई अनुमति

युरोपमा १२–१५ वर्ष उमेरका बालबालिकाको लागि फाइजर खोपलाई अनुमति

युरोपेली संघ (ईयू) को मेडिसिन एजेन्सीले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन फाइजर बायोएनटेकको खोपलाई अनुमति दिएको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

एजेन्सी- युरोपेली संघ (ईयू) को मेडिसिन एजेन्सीले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन फाइजर बायोएनटेकको खोपलाई अनुमति दिएको छ।

National life

कोभिड–१९ का लागि यो उमेर समूहमा अनुमति पाउने यो पहिलो खोप हो। अब ईयूका सदस्य देशहरुले आफ्नो देशका बालबालिकालाई खोप लगाउने नलगाउनेबारे निर्णय लिनुपर्ने भएको छ।

जर्मनीले बालबालिका र किशोरका लागि खोप लगाउने विषयमा सकारात्मक संकेत दिइसकेको छ। अमेरिका र क्यानडाले यसअघि नै १४ वर्षमाथिका किशोरलाई फाइजरको खोप लगाउने अनुमति दिइसकेका छन्।

ईयू मेडिसिन एजेन्सीका खोप रणनीति प्रमुख म्याक्रो कवालेरीलेले १२–१५ वर्ष उमेरका बालबालिकाका लागि यो खोप कम्तीमा ३ हप्ताको फरकमा दुई डोज दिनुपर्ने बताएका छन्।

उनले फाइजरको खोप बालबालिकामा कोरोना संक्रमण हुन नदिनका लागि निकै प्रभावकारी ठहर भएको बताएका छन्।

उनले भनेका छन्, ‘सुरक्षाको दृष्टिले पनि यो खोप बालबालिकाका लागि निकै उपयुक्त छ। बालबालिकामा पनि साइड ईफेक्टहरु वयस्कमा जस्तै खालका देखिएका छन्। त्यसैले साइड ईफेक्टका विषयमा चिन्ता गर्नुपर्ने कारण देखिँदैन।’
युरोपेली संघले १६ वर्षमाथिका किशोरका लागि यसअघि नै फाइजर खोप प्रयोगको अनुमति दिइसकेको छ।

प्रकाशित: May 29, 2021| 09:11 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।