काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद योगेश भट्टराईले ताप्लेजुङलाई अलैंचीको सुपर जोन घोषणा गर्न माग गरेका छन् ।
ताप्लेजुङलगायतका पहाडी जिल्लाको प्रमुख नगदे वालीका रुपमा परिचित अलैंचीको विकासका लागि पनि सुपर जोन घोषणा गर्न आवश्यक रहेको उनले बताए ।
सांसद भट्टराईले अहिले अलैंची निर्यातमा समस्या रहेको बताउँदै दीर्घकालिन निकास खोज्न सरकार लाग्नुपर्ने बताए ।
अलैँचीको सबैभन्दा ठूलो बजार भारत भए पनि विगतको तुलनामा भारतमा अलैँची निकासी कम भई किसानले लागत मूल्य पाउन नसकेको भन्दै उनले अन्य देशमा पनि निकासीको व्यवस्था गर्नुपर्ने बताए ।
नेपालको अलैंची भुटान हुँदै बंगलादेश पुग्दा भन्सार मूल्यका कारण नेपालीले कम मूल्यमा बेच्नुपर्ने अवस्था आएको भन्दै सिधै बंगलादेशसँग कुरा गरेर निर्यातको वातावरण बनाउन सरकारसँग माग गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४