सोमबार, असार २९, २०८३

बालुवा निकाल्दा सिंगै गाउँ जोखिममा, प्रशासन रमिते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- मोरङका विभिन्न खोलामा भएको अवैध उत्खननले गाउँ जोखिममा परेका छन् ।

गठन भएलगत्तै प्रदेश-१ सरकारले वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको वन फँडानी रोकेर लोकप्रियता पाए पनि नदीमा हुने अवैध उत्खननका विषयमा कुनै कदम चालेको छैन ।

गत बिहीबार प्रदेश १ का गृहमन्त्री हिक्मत कार्कीले मोरङमा अधिकांश क्रसरहरू अवैध रहेको बताउँदै वैधलार्इ मात्रै चल्न दिने बताए । उनले नियमविपरितका क्रसरहरू रोक्ने चेतावनी पनि दिए । तर, उनको चेतावनी भाषणमा मात्रै सीमित हुँदा स्थानीयवासी पीडित बनेका छन् ।

प्रदेशजस्तै स्थानीय सरकारले पनि अवैध खोला दोहन रोक्न कुनै पहल गरेको छैन । स्थानीय जनप्रतिनिधिले देखेको नदेखेझैं गर्ने गरेको स्थानीय बासिन्दाले आरोप लगाए । क्रसर उद्योगमा जनप्रतिनिधिहरूकै सेयर भएकाले यो विषय गौण भएको आरोप जनप्रतिनिधिमाथि छ ।

मोरङका खदम, चिसाङ, लोहन्द्रा, गछियालगायत खोलामा अवैधा रूपमा बालुवा, गिटी झिक्ने काम जारी छ ।

प्रहरी सक्रियता बढ्दै

स्थानीय बासिन्दाको गुनासो बढेसँगै प्रहरीले केही सक्रियता देखाएको छ । मंगलबार मोरङको खदम खोलामा अवैध तरिकाले बालुवा, गिटी निकाल्ने नौ वटा निर्माण साधनलाई नियन्त्रणमा लिएको छ । स्थानीयवासीको सहयोगमा दुई वटा स्काभेटर, दुई वटा हाइवा र पाँच टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ती सवारी साधनका धनी भने पहिचान नभएको प्रहरी नायब निरीक्षक दीपक यादवले जानकारी दिए ।

नियन्त्रणमा लिएका को१ख १६२४ र को१ख १७८७ नम्बरका दुुर्इ ठूला जेसीबी लोडरले खोलामा १५ मिटरसम्म गहिरो बनाएर बालुवा झिकेको प्रहरीले जनाएको छ ।

यस्तै, को१ख ५५५१, को१ख ५१८१ का १० चक्के ठूला हाइवा तथा  ना७ख २६२७, ना६ख ६०५६, को१ख ४६९८, को१ख ५३२९ र ना७ख ६०० नम्बरका टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

'हामीले दिउँसो ४ बजेदेखि स्काभेटर र टिपर नियन्त्रणमा लिएका छौं,' निरीक्षक यादवले भने, 'कारवाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा जिम्मा दिन्छौं ।'

बेलबारी प्रहरीले पनि चिसाङ खोलामा अवैध रूपमा बालुवा गिटी निकालिरहेका १० ट्याक्टरलार्इ नियन्त्रणमा लिएको छ । सोमबार र मंगलबार प्रहरीले नियन्त्रणमा लिएका ती सवारीले कानुनविपरित नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको थियो ।

यसअघि पनि केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीले सञ्चालक गर्ने क्रसर उद्योगमा यस्ता अवैध बालुवा र गिटी पुग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

गाउँ नै जोखिममा

यस्तो अवैध उत्खननले गाउँ नै जोखिममा पर्दा पनि स्थानीय सरकार चुपचाप बनेको गाउँलेको आरोप छ । उनीहरूले खोलाको प्राकृतिक धार परिवर्तन गराएको र उत्पादनशील जमिन तथा बस्ती जोखिममा परेको बताउँदै अवैध क्रसर उद्योग बन्द गराउन माग गर्दै आएका छन् ।

स्थानीय बासिन्दाको सूचनाअनुसार मंगलबार प्रहरी पुग्दा अवैध उत्खनन कार्य जारी रहेकाले चारैतिरबाट घेरा हालेर त्यसमा प्रयोग भएका साधन नियन्त्रणमा लिइएको थियो ।

संसदमा पनि उठ्यो कुरा

नदीजन्य पदार्थको उत्खननले भूक्षयीकरण बढाएको विषयमा प्रदेश १ को संसदमा पनि आवाज उठेको थियो । प्रदेश १ को सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका करिब पाँच सय क्रसर उद्योगमध्ये झण्डै ६० वटा मात्र कानुनबमोजिम सञ्चालनमा रहेकाले बाँकीलाई रोक्ने पहल गर्नुपर्ने सांसदहरूले बताएका थिए ।

सडकदेखि सदनसम्म एउटै समस्याको चर्चा भए पनि नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएको स्थानीय बासिन्दाको आरोप छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।