आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीका मान्छेलाई छानीछानी खोप, विराटनगरमा सर्वसाधारणको आक्रोश

Siddartha premir insuranceSiddartha premir insurance

मन्त्रीका मान्छेलाई छानीछानी खोप, विराटनगरमा सर्वसाधारणको आक्रोश

मन्त्री राईको निर्देशनमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघसमेतको अगुवाइमा ३ सय जना निश्चित व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्रबन्ध मिलाइएको थियाे।
 |  शुक्रबार, जेठ १४, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, जेठ १४, २०७८

विराटनगर- प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राई निकट उद्याेगी व्यवसायीलाई  छानीछानी कोरोना खोप लगाउन थालेपछि  शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरिएको छ। विराटनगर–२ तीनपैनीस्थित सिटी सिनेमा हल परिसरमा पहुँच पुगेका व्यक्ति मात्र कोरोना विरुद्धको दोस्रो डोज दिन पुगेपछि सर्वसाधारण आक्रोशित भएका थिए।

triton college

खाेपका लागि लाममा बसेका कुनै पनि व्यक्ति सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी थिएनन्। यस्तै खाेप लगाउन कुनै पूर्व सूचना पनि निकालिएकाे थिएन। बिनाकुनै जानकारी अग्रपङ्तिमा नखटिएकाहरुले पनि खोप लगाएको पाइएपछि नाराबाजी गरेकाे स्थानीय पंकज बर्माले बताए। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी सहितका फ्रन्टलाइनरलाई खोप नलगाएको पाइएपछि विरोधमा उत्रिएको उनको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका खोप प्रमुख रमानन्द यादवले दाेस्राे डोज लगाउने अवधि सकिँदै गएका बेला मन्त्रीज्यूको सिफारिसमा दोस्रो डोज लगाइएको बताए। 

सामाजिक विकासमन्त्री राई निकटका उद्याेगीलाई मात्र खोप लगाइएको आरोप उनीहरुको छ। विरोधपछि खोप कार्यक्रम प्रभावित भएको छ। करिब ३ सय जनालाई खोप लगाउने कार्यक्रम रहेकोमा डेढ सय बढीलाई खोप लगाएपछि बिथोलिएको  स्वास्थ्य कार्यालयले जनाएकाे छ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङले सिटी सिनेमामा खोप दिन जानु भन्ने मन्त्रीको निर्देशनपछि १५० जनालाई खोप दिएको जनाएको छ।कार्यालयका खोप प्रमुख रमानन्द यादवले दाेस्राे डोज लगाउने अवधि सकिँदै गएका बेला मन्त्रीज्यूको सिफारिसमा दोस्रो डोज लगाइएको बताए। 

Metro Mart
vianet

अखिल क्रान्तिकारीका नेता ताजिम अन्सारीले प्रदेश सरकार र प्रहरीको मिलेमतोमा उद्योगीलाई सुनियोजित रुपमा खोप लगाउन खोजिएको आरोप लगाए। मन्त्री राईको निर्देशनमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघसमेतको अगुवाइमा ३ सय जना निश्चित व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्रबन्ध मिलाइएको बताइएको छ। उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले यसबारे आफूलाई जानकारी नभएको बताए। 

विरोध बढेपछि खोपका लागि ल्याइएकाे स्वास्थ्य कार्यालयको बा १ झ ९३६५ नम्बरको गाडी र कर्मचारीलाई प्रहरीकै स्कर्टिङमा फिर्ता पठाइएको थियो। 

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले खोप लगाउने क्रममा विवाद बढेको जानकारी आए पनि कसले आयोजना गरेको भन्ने बारेमा कुनै जानकारी नआएको बताए। सामाजिक विकास मन्त्रालयको सचिवालयले खोप लगाउन छुटेका मुख्यमन्त्री कार्यालयका केही कर्मचारीलाई स्वास्थ्य कार्यालयमार्फत खोप दिएको जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने सरकारका सबै कर्मचारीले यसअघि नै खोप लगाइसकेको जनाएको छ।

प्रमुख सचिव सुमनराज अर्यालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सबै कर्मचारीले दोस्रो मात्रा पनि यसअघि नै लगाएको जानकारी दिए।

प्रकाशित: May 28, 2021| 16:35 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।