सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे ३३ केजी सुन प्रकरणमा बाजेको सेकुवाका सबै शाखामा शिल (भिडियो)

साढे ३३ केजी सुन प्रकरणमा बाजेको सेकुवाका सबै शाखामा शिल (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साढे ३३ केजी सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले नेपालभरीका बाजेको सेकुवाका शाखाहरु शिल गरेको छ । 

अनुसन्धानका क्रममा बाजेको सेकुवाको नेपालभरी रहेका विभिन्न शाखामा छापा मारेर शिल गरिएको हो । सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका बाजेको सेकुवाका मालिक चेतन भण्डारी फरार छन् । उनको बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ । 

अनुसन्धान समितिले यसअघि सुनका लगानीकर्ता भनिने एमके भनिने मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वलर्सको ३ वटा शाखामा छापा मारेको थियो ।

अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । शाक्यको जवलर्सबाट २८ करोड रूपैयाँ बराबरको सुन, चाँदी लगायतको गरगहना बरामद भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।