सोमबार, चैत ९, २०८२

भेरीका नर्समाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

महामारीका बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर आपराधिक’ भएको भन्दै उनले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन पनि निर्देशन दिए। घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको पोखरेको भनाइ थियो। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालका नर्समाथि आक्रमणमा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्। 
उपप्रधानमन्त्री पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न निर्देशन दिएका हुन्।

National life

महामारीका बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर आपराधिक’ भएको भन्दै उनले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन पनि निर्देशन दिए। घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको पोखरेको भनाइ थियो। 

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तरगत कारबाही सुरु गरिएको उपप्रधानमन्त्री पोखरेललाई जानकारी दिए।

घटनालगत्तै सुरक्षाकर्मीलाई पठाएर स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दिएको र उपचार कार्य जारी राखिएको जानकारी दिँदै उनले घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको बताए।

१० दिनअघि भर्ना भएका बिरामीको बिहीबार राति निधन भएपछि कुरुवाले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। स्वास्थ्यकर्मीमाथि आक्रमणमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका प्रदेशस्तरका नेता भएको खुलेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 28, 2021| 10:58 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्