सोमबार, जेठ ४, २०८३

पोखरा विश्वविद्यालयले जेठ ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने

पोखरा विश्वविद्यालयले जेठ ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको प्राज्ञिक परिषद्को बेठकले आठौँ सेमेष्टरको परीक्षा जेठ ३१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- पोखरा विश्वविद्यालयले जेठ ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको प्राज्ञिक परिषद्को बेठकले आठौँ सेमेष्टरको परीक्षा जेठ ३१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो।

National life

विश्वविद्यालयले आठौँ सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गर्ने र विस्तारै अरु परीक्षा पनि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। विश्वविद्यालयले अनलाइन माध्यमबाट सञ्चालन गर्ने परीक्षामा ७० प्रतिशत लिखित र ३० प्रतिशत मौखिक परीक्षा हुने पनि जनाएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रेम नारायण अर्यालका अनुसार विद्यार्थीले लिखित र मौखिक दुवै परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ। विश्वविद्यालयले लिखित परीक्षाको हकमा १ घण्टाअघि मात्र कलेजले प्रश्नपत्र पाउने र १५ मिनेट अगाडि कलेजले परीक्षार्थीलाई प्रश्न उपलब्ध गराउने जनाएको छ।

पहिलेभन्दा फरक रुपमा प्रश्नमा विद्यार्थीले प्रश्न पत्र पाएपछि तोकिएको समयभित्र उत्तर पुस्तिकाको सफ्ट कपि उल्लेखित इमेलमा पठाउनु पर्नेछ। समय सीमाभन्दा पछि पठाइएको उत्तर पुस्तिकालाई विश्वविद्यालयले मान्यता नदिने जनाएको छ। 

मौखिक परीक्षा लिँदा भने भिडियो कलमार्फत् विद्यार्थीलाई प्रश्न सोधिने छ। रेकर्डिङ गरिने भिडियो कलमा विश्वविद्यालयको तर्फबाट एकजना प्रतिनिधि, केन्द्राध्यक्ष र एक जना कलेजबाट विषय शिक्षक रहने व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ।

No description available.

प्रकाशित: May 28, 2021| 10:33 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्