काठमाडौं- बेलायतले नेपाललाई २६० भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेकी हुन्।
बेलायतले जहाज चार्टर गरी पठाएका ती स्वास्थ्य सामग्री त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिएको हो।
बेलायतले दिएका स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्यमन्त्री त्रिपाठले बेलायत सरकारले महामारीविरुद्ध जुध्नका लागि गरेको सहयोगप्रति धन्यवाद दिएका थिए। राजदूत पोलिटले नेपाललाई बेलायत सरकारले सहयोग जारी राख्ने बताइन्।
२६० भेन्टिलेटरका साथै अक्सिजन कन्सन्ट्रेटर र व्यक्तिगत सुरक्षा कवच (पीपीई)लगायतका सामग्री हस्तान्तरण गरेको हो।
Just received ?? essential medical supplies to help #Nepal in the covid crisis. @tariqahmadbt @FCDOGovUK @DominicRaab @UKinNepal pic.twitter.com/xOLyQqz64n
— NicolaPollitt (@NicolaPollittUK) May 28, 2021
सोही जहाजले नेपाल मेड युकेले पठाएको सामग्री पनि ल्याएको छ। यसअघि बेलायती संसद्मा नेपाललाई तत्काल कोरोना खोपलगायतको सहयोग गर्ने विषयमा छलफल भएको थियो। नेपालको संसद्मा भने बेलायती संसद्मा भएजति समय पनि कोरोना महामारी नियन्त्रणबारे छलफल नभएको भन्दै आलोचना भएको थियो।