सोमबार, असार २९, २०८३

पाँच डाक्टरले धानेको जनकपुर अञ्चल अस्पताल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ को अस्थायी राजधानी जनकपुरस्थित जनकपुर अञ्चल अस्पताल यस भेगकै सबै भन्दा जेठो अस्पताल रहेपनि गुणस्तरीय सेवा भने प्रभाह गर्न सकेको छैन् । जनकपुर अञ्चल अस्पताललाई संघीय संरचना अनुसार प्रादेशिक अस्पताल बनाउने तयारी चलेपनि अस्पताल भित्र व्यापक बेथिति देखिएको छ । आवश्यक चिकित्सकको कमी र भएकाहरुले पनि इमान्दारीपूर्वक सेवा दिन छोडेपछि जनकपुर अञ्चल अस्पताल अहिले रेफर अस्पतालको संज्ञा समेत पाउन थालेको छ ।

चिकित्सक अभावमा समान्य बाहेक गंभीर प्रकृतिका उपचार हुन नसकेपछि बिमारीहरुलाई बाहिर पठाउने गर्ने क्रम बढ्न थालेपछि जनकपुर अञ्चल अस्पताललाई रेफर अस्पताल भन्न थालिएको हो ।

वि.सं. २०२६ सालमा स्थापना भएको जनकपुर अञ्चल अस्पतालमा सरकारे एक सय शैय्याको स्वीकृति दिएको छ भने अस्पताल विकास समितिले एक सय पाँच शैय्या सञ्चालन गर्दै आएको छ । बिरामीको अत्याधिक चाप रहने जनकपुर अञ्चल अस्पताल अहिले मेसु सहित पाँचजना चिकित्सकको भरमा सञ्चालन हुँदै आएको अस्पतालका एक कर्मचारीले जनाए ।

नेपाल सरकारले अस्पतालमा ४५ जना चिकित्सकको दरबन्दी तोकेपनि अहिले पाँचजना मात्र कार्यरत रहेका छन् । सरकारले तोकेको दरबन्दी अनुसार अधिकांश विशेषज्ञ चिकित्सकको पद रिक्त रहेको मेडिकल सुपरिटेन्डेट डा.रामपरीक्षण यादवले बताए । अस्पतालमा ११ औँ तहका १० जना चिकित्सकको दरबन्दी रहेपनि अन्य सम्पूर्ण पद रिक्त छ ।

अस्पतालमा प्रसुति, बाल, फिजिसियन, अर्थोपेडिक, सर्जन, इएनटी, एनेसथेसिया, रेडियोलोजी जस्ता महत्पूर्ण सेवाका विशेषज्ञ चिकित्सकक नियुक्त हुन सकेका छैनन् । अस्पतालमा ११ औँ तहका विशेषज्ञ चिकित्सक १, प्रसुति विशेषज्ञ १ र बालरोग विशेषज्ञ १ जना अनिवार्य राख्नुपर्ने भएपनि यी पदहरु लामो समयदेखि खाली छ ।

यसअघि एकजना सर्जन रहेको जनकपुर अञ्चल अस्पतालमा सरुवा गराएर गएपछि पद खाली छ । अस्पतालमा सर्जन नभएपछि समान्य दुर्घटना भएको खण्डमा समेत उपचार गर्न नसकिने अवस्था उत्पन्न भएको अस्पतालमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

एकजना वरिष्ठ रेडियोलजिस्टको दरबन्दी रहेपनि उनी काजमा गएपछि पद रिक्त छ । तत्काल अस्पताल विकास समितिले करारमा केहि रेडियोलोजिस्ट नियुक्त गरेर जेनतेन सेवा दिँदै आएको छ । २५ जना स्टाफ नर्सको दरबन्दी रहेको अस्पतालमा १० जना दरबन्दी र १२ जना करारमा काम गर्दै आएका छन् ।

विशेषज्ञ चिकित्सक नभएपछि कन्सल्टेन्ट र मेडिकल अफिसरको भरमा जनकपुर अञ्चल अस्पताल सञ्चालन हुँदै आएको छ । सरकारले स्वीकृति दिएको एक सय शैय्याको लागि मात्र बजेट उपलब्ध गराउने गरेको छ भने बाँकी खर्च अस्पतालले आफै व्यहोर्दै आएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत राजकिशोर राउतले बताए ।

अस्पतालका सुपरिटिडेन्ट डा. यादवले आवश्यक्ता अनुसार चिकित्सक उपलब्ध नहुँदा सेवा प्रवाहमा समस्या आएको स्वीकार गरे । विभिन्न स्वास्थ्य मन्त्रीले पटक पटक आवश्वासन दिएपनि कार्यान्वयन फितलो भएकोले चिकित्सक नियुक्त हुन नसकेको उनको भनाई छ ।

स्वास्थ्य मन्त्रालयको हैकमवादी प्रवृत्तिका कारण जनकपुर अञ्चल अस्पतालमा आवश्यक्ता अनुसार चिकित्सक आउन सकेका छैनन् यादवले भने,‘चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयले हैकमवादी गरेको छ ।

कि त केन्द्रबाटै पठाउनु पर्‍यो कि हामीलाई अधिकार दिनु पर्‍यो ।’ चिकित्सक पठाउन महिने पच्छिे तागेदा गरेपनि मन्त्रालयले सुनवाइ नगरेको उनको दावी छ । प्रदेश २ को आठ जिल्लाको प्रतिनिधित्व गरेपनि चिकित्सक अभावमा अस्पतालले चाहे अनुसारको सेवा दिन नसकेको यादवको भनाई छ ।

अस्पतालको तथ्यांक अनुसार यहाँ सबै भन्दा बढी प्रसुति सम्बन्धी बिरामीको चाप देखिएको छ । अस्पतालमा वार्षिक ११ हजार प्रसुति हुने गरेको मेडिकल रेकर्ड अधिकृत राउतले बताए । त्यसैगरी ओपीडी सेवाका लागि पनि ठुलो संख्यामा बिरामीहरु अस्पताल पुग्ने गरेका छन् । विभिन्न खाले स्वास्थ्य समस्या लिएर मासिक पाँच हजार सम्म बिरामी ओपीडीमा पुग्ने गरेका छन् भने मासिक तीन हजारको संख्यामा आकस्मिक उपचारको लागि बिरामीहरु अस्पताल पुग्ने गरेको बताइएको छ ।

जेनतेन आइसीयू सञ्चालन

पाँच वर्ष पूर्व जनकपुर अञ्चल अस्पतालमा निर्माण गरिएको आइसीयू सेवा जेनतेज सञ्चालन गरिएको छ । सेवा सञ्चालन गर्न चौतर्फि दबाब बढ्दै गएपछि अस्पतालले पछिल्लो एक महिना देखि विशेषज्ञ नभएपनि जेनतेन सेवा सञ्चालनमा ल्याएको हो । २०७० असोज ६ गते बसेको अस्पताल विकास समितिको बैठकले आइसीयू सञ्चालन गर्न २३ जना कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।