सोमबार, असार २९, २०८३

धरानको पानी काठमाडौंभन्दा महँगो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- खानेपानीको मागभन्दा आपूर्ति कम भएको धरानमा बाह्रैमास स्थानीय बासिन्दाले समस्या बेहोर्नुपर्छ । राजधानी काठमाडौंभन्दा धरानमा महँगो पर्छ, पानी । त्यसमाथि वितरकले उपभोक्तासँग मनपरी रकम असुल्ने गरेका छन् ।

एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन आयोजनाको पानी पनि घर-घरमा पुग्न बाँकी छ ।

काठमाडौं उपत्यकामा ७२ सय लिटर पानीको मूल्य १८ सय रुपैयाँ पर्ने गरेको ललितपुरको एक वितरक कम्पनीको बिलबाट देखिन्छ । धरानमा भने ६ हजार लिटरको मूल्य ४८ सय रुपैयाँ पर्छ ।

त्यति चर्को मूल्यको अरुण, तमोर या सप्तकोशी नदीबाट ल्याइएको पनि होइन । धरानकै तीनकुनेबाट ६ हजार लिटरको करिब एक हजार रुपैयाँमा खरिद गरेर बिक्री गर्ने गरिएको छ । अर्थात्, एक पटकमा वितरकले ३८ सय रुपैयाँ नाफा कमाउँछन् ।

धरानको अपुश्री इन्भेस्टमेन्ट प्रालिको बिलले त्यस कुराको पुष्टी गर्छ । धरानका अरुणकुमार प्रधानले काठमाडौं र धरानको पानीका बिलहरू फेसबुकमा सार्वजनिक गरेपछि यसको खुलासा भएको हो ।

धरान-८मा अरुण पेट्रोल पम्पसमेत सञ्चालन गर्ने अरुश्री इन्टरप्राइजेजले वितरण गर्ने पानीमा राजश्व छलीसमेत भएको  पाइएको छ । दैनिक ६ हजारदेखि १८ हजार लिटर पानी बेच्दै आएको कम्पनीका सञ्चालक बलराम दाहाल बताउँछन् । तर, उनको कम्पनीले दिने बिलमा राजश्वसमेत नतिरिएको भेटिएको  छ ।

बिलमा कम्पनीको नाम नराखी भुक्तानी लिएको देखिन्छ । बिलमा प्रयोग भएको ३७३८ नम्बरको गाडी र सम्पर्क व्यक्तिको नम्बरले मात्रै बिल अपुश्री इन्टरप्राइजेजको रहेको खुल्न आउँछ ।

सञ्चालक दाहालले पनि पानी वितरण गर्ने आफ्नो संस्थाको पान नम्बरको बिल नभएको स्वीकारे । स्थानीय एक उपभोक्ताले सञ्चारकर्मीहरू सहित दाहालसँग कुरा गर्दा पान बिल नभएको स्वीकारेका हुन् । उनले भने, ‘पान बिल नै चाहिने भए अर्को कुनै बिल काटेर पनि काम गर्न सकिन्छ ।’

अपुश्री इन्टरप्राइजेज मात्र होइन, धरानका अन्य पानी वितरकहरूले पनि महँगो मूल्यमा पानी बेचेर पान बिल नदिने गरेको स्थानीय सौगाल देवान बताउँछन् ।

धरान उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख भेषराज अधिकारी सबै व्यापारिक फर्मले पान बिल अनिवार्य बनाउनुपर्ने बताए । उनले भने, ‘अपुश्रीको पान र भ्याट बिल हुनुपर्ने हो । यदि छैन भने त्यो आर्थिक अपराध हो ।’

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।