सोमबार, असार २९, २०८३

संसदमा रेशम चौधरीको मुद्दा फिर्ता गर्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले कैलालीको टिकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीको रिहाईको माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो धारणा राख्दै सांसद चौधरीले कैलालीको टिकापुर घटनामा उनको संलग्नता रहेको भन्ने कुनै प्रमाण नहुँदा पनि सरकारले नियन्त्रणमा लिएकोले रिहाइ गर्न माग गरे ।

सप्तरी ४ बाट निर्वाचित सांसद चौधरीले राष्ट्रिय जनता पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्वर १ बाट सांसदमा निर्वाचित रेशमलाल चौधरीमाथि लगाइएको झुटा अभियोग फिर्ता लिई उनको रिहाई गर्न माग गरे । चौधरीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित न्यायीक आयोगको प्रतिबेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा एउटा भिडले ६ सुरक्षाकर्मी र एक बालकको हत्या गरेको थियो । सोही घटनामा संलग्न भएको अभियोगमा चौधरी थुनामा छन ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।