शुक्रबार, भदौ ५, २०८३

बिहीवारलाई सर्‍यो नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

एमाले माधव नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य झपट रावलले केन्द्रीय कमिटी बैठक बिहीबारका लागि सारिएको पुष्टि गरे। 'जिल्ला बाहिरका केन्द्रिय कमिटी सदस्य आउन समय लाग्ने र आवश्यक तयारी गर्न समय अभाव भएपछि बैठक पर्सिका लागि सारिएको छ,' केन्द्रीय सदस्य रावलले भने।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक बिहीवारका लागि सारिएको छ। यसअघि बुधबारका लागि बैठक बोलाइएको भएपनि उपत्यका बाहिरका नेताहरू राजधानी आउन समय लाग्ने भएको भन्दै बैठक सारिएको हो। 

एमाले माधव नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य झपट रावलले केन्द्रीय कमिटी बैठक बिहीबारका लागि सारिएको पुष्टि गरे। 'जिल्ला बाहिरका केन्द्रीय कमिटी सदस्य आउन समय लाग्ने र आवश्यक तयारी गर्न समय अभाव भएपछि बैठक पर्सिका लागि सारिएको हो,' केन्द्रीय सदस्य रावलले भने। 

उनका अनुसार एमाले एकताका लागि भइरहेको प्रयास र एकतामा प्रक्रियाका लागि आफ्नो पक्षले अघि सार्ने विषयबारे धारणा लिन नेता नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। यसका साथै समग्र राजनीतिक परिस्थितिबारे पनि नेता नेपालले केन्द्रीय सदस्यहरूको धारणा लिने बताइएको छ। 

प्रकाशित: Aug 03, 2021| 22:17 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...