मंगलबार, असोज १३, २०८३

सेयर बजारमा कीर्तिमानी कारोबार

सेयर बजारमा आज बिहीबार कीर्तिमानी रकमको कारोबार भएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं– सेयर बजारमा आज बिहीबार कीर्तिमानी रकमको कारोबार भएको छ। आज बजारमा १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएर रेकर्ड कायम भएको हो। 

खासगरी हाइड्रोपावर कम्पनीहरुको कारोबार धेरै भएको छ। कारोबार उच्च भए पनि नेप्से परिसूचक भने झिनो अंकले घटेको छ। सूचक १.२० अंकले घटेर २८१५.४० विन्दुमा अडिएको छ। 

आज बजारमा २१५ कम्पनीको ४ करोड १८ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अपि हाइड्रोपावर अग्रस्थानमा छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली र चिलिमे हाइड्रोपावर परेका छन्।
 

प्रकाशित: May 27, 2021| 09:39 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्