मंगलबार, जेठ १२, २०८३

उखु किसानले अझै पाएनन् ५० करोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
नवलपरासी- पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब ५० करोड रुपैयाँ बक्यौता भुक्तानी पाएका छैनन्।

नवलपरासीका तीनवटै चिनी उद्योगबाट उखु दिएबापत किसानले भुत्तानी नपाएका हुन्। सबै चिनी उद्योगमा गरी ५० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए।

यादवका अनुसार चिनी उद्योगले करीब ७५ करोडमध्ये हालसम्म करीब २५ करोड रुपैयाँ मात्र भुक्तानी गरेका छन्।

उखुको तत्काल भुक्तानी नपाए राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रने चतावनी समेत किसानहरुले दिएका छन्। पटकपटक उखुको भुक्तानी दिन माग गरे पनि उद्योगीले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेको किसानहरुको गुनासो छ।

चिनी उद्योगबाट समयमै भुक्तानी नहुँदा किसान आन्दोलनको बाटो रोज्न बाध्य भएका अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष दुधनाथ गुप्ताले बताए।

उद्योगीले भने चिनी बिक्री नभएकाले दिन नसकिने भन्दै किसानलाई आलटाल गर्ने गर्दै आएका छन्। उत्पादन भएका चिनी गोदाममा थन्किएकाले उचित मूल्य नपाएका कारण बिक्रीमा समस्या भएको उद्योगीहरुको भनाई छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए पनि जिल्लाका किसानले भने अहिलेसम्म रकम पाउन सकेका छैनन्।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सबै उद्योगका सञ्चालकलाई समन्वय गरी भुक्तानी गर्न पहिल गरिने बताए।

समयमा भुक्तानी नपाउँदा जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दो छ। दुई वर्षअघि २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा गत वर्ष २० लाख क्वीन्टल मात्र उखु उत्पादन भएको थियो। यसवर्ष उत्पादन घटेर १६ लाख क्विन्टलमा झरेको समितिले जनाएको छ।

नवलपरासीमा प्रत्यक्ष-अप्रत्यक्ष गरी करीब १० हजार घरपरिवार उखु खेतीमा निर्भर छन्। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।