मंगलबार, असोज १३, २०८३

सरकारी पसलबाटै होम डेलिभरिको व्यवस्था

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि खाद्यान्न र किराना पसल बन्द गर्ने निर्णय गरेकोमा चैतर्फी भएपछि सरकारी पसलमार्फत होम डेलिभरिको व्यवस्था गर्ने निर्णय गरिएको छ। 
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि खाद्यान्न र किराना पसल बन्द गर्ने निर्णय गरेकोमा चैतर्फी भएपछि सरकारी पसलमार्फत होम डेलिभरिको व्यवस्था गर्ने निर्णय गरिएको छ। 

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि आगामी २० जेठसम्म कसैलाई खाद्यान्नको अभाव नहोस् भन्ने उद्देश्यका साथ सरकारी पसलमार्फत होम डेलिभरि व्यवस्था गर्ने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रोडिंग कर्पोरेसनमार्फत अत्यावश्यक वस्तुको आपूर्ति गर्ने निर्णय गरेका हुन्। जिल्ला प्रशासनहरूले कसैलाई खाद्यान्नको अभाव भएमा अनलाइनबाट माग संकलन गरी सोही अनुसार गाडीबाट ढुवानी गरी स्थलगत आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको छन्। 

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिंग  कर्पोरेसन लिमिटेडबाट अनलाइन माग बाहेक पनि स्थानीय स्तरमै खाद्य वस्तुको विक्री वितरण गर्ने लगायतका निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ। त्यस्तै खाद्यान्न अभावमा सम्पर्क नम्बर सार्वजनिक गराउन साल्ट ट्रेडिंग र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्ने निर्णय समेत जिल्ला प्रशासनहरुले गरेका छन्।

प्रकाशित: May 27, 2021| 08:12 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्