बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हिमालय क्षेत्रमा बाढीबाट लाखौंको ज्यान जान सक्ने वैज्ञानिकको चेतावनी

हिमालय क्षेत्रमा बाढीबाट लाखौंको ज्यान जान सक्ने वैज्ञानिकको चेतावनी

अनुसन्धाताहरुले बाढी नियन्त्रण तथा रोकथामलाई गम्भीरताका साथ नलिए र अचुक उपाय नअपनाए आउँदा वर्षमा लाखौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाउने चेतावनी दिएका छन्।  
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

हिमालय पर्वतमाला र त्यसमुनि रहेका पहाड पृथ्वीका सबैभन्दा ठूला पर्वत हुन्। यस्ता पर्वतमालाको औसत उचाइ ४ हजार मिटर छ। यसको फैलावट ५ लाख ९५ हजार वर्ग किलोमिटर छ। यो पर्वतमालालाई तेस्रो ध्रुव वा एसियाका जलाधार पनि भनिन्छ। ध्रुव्रीय क्षेत्रबाहिरको यस क्षेत्रमा सबैभन्दा बढी हिउँ रहेको छ। बढ्दो तापमान र मानवीय हस्तक्षेपका साथै जल क्षेत्रमा अतिक्रमण गर्दा भविष्यमा खतरा पैदा गर्ने निश्चित छ।

National life

वर्षौंदेखि उच्च पहाडमा जम्मा भएर थन्किएको पानी बग्न पाएको छैन। पानीको मात्रा बढ्दै गएपछि थेग्न नसक्दा अचानक आउने बाढीले नदी किनारमा बसोबास गरेका सर्वसाधारणको घरबास बगाइदिन्छ। वैज्ञानिकले बाढीबाट आउने समस्याबाट छुटकारा पाउनका लागि केही सुझाव दिएका छन्। भारतीय प्राद्यौगिक संस्थान कानपुरका पृथ्वी वैज्ञानिकको एक समूहले बाढीबाट बच्नका लागि चेतावनी दिने प्रणाली जडान गर्न सुझाव दिएका छन्।

वर्षैपिच्छे पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ। हिउँ पग्लिने मात्रा बढिरहेको छ। हिउँ पग्लिँदा पहाडमा खाल्डाखुल्डी र तालतलैया बनी पानी जम्मा हुन्छ। पानीको मात्रा बढ्दै गएपछि ताल र खाल्डाखुल्डी थेग्न सक्दैनन्।

हिमालय क्षेत्रका आसपासका ठूला पर्वतरुमा बाढीको रोकथाम तथा सचेत रहनका लागि साइरन प्रणाली जडान गर्नुपर्ने वैज्ञानिकको भनाइ छ।  अध्ययनमा सहभागी वैज्ञानिक तनुज शुक्ला र इन्द्र सेनले विश्व तापमान वृद्धिका कारण हिमालय पर्वतमाला आसपासका बस्ती खतरामा रहेको बताएका छन्।

शुक्ला र सेनले हिमालय पर्वतमा बाह्रैमास हिउँले ढाकिएका पहाड र हिमनदीमा पानीको मात्रा अत्यधिक हुने बताएका छन्। वर्षैपिच्छे पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ। हिउँ पग्लिने मात्रा बढिरहेको छ। हिउँ पग्लिँदा पहाडमा खाल्डाखुल्डी र तालतलैया बनी पानी जम्मा हुन्छ। पानीको मात्रा बढ्दै गएपछि ताल र खाल्डाखुल्डी थेग्न सक्दैनन्। यस्तोमा प्राकृतिक बाँध फुट्न गई ठूलो बाढी आउन सक्छ।

Laxmi sunrise bank
kumari

आठ वर्ष पहिले उत्तर भारतमा हिमनदी पग्लिएर बाढी आउँदा ५ हजारभन्दा बढीको ज्यान गएको थियो। मौसममा भएको परिवर्तन र जलवायु परिवर्तनले पनि बाढीको समस्या निम्त्याउँछ। यस्ता घटना हुनु ग्लोबल वार्मिङ नै प्रमुख कारक हो। पृथ्वीको तापक्रम बढ्दै जाँदा यस्तो अचानक बाढी आउनु सामान्य र निश्चित रहेको शुक्ला र सेन बताउँछन्।

अनुसन्धाताहरुले बाढी नियन्त्रण तथा रोकथामलाई गम्भीरताका साथ नलिए र अचुक उपाय नअपनाए आउँदा वर्षमा लाखौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाउने चेतावनी दिएका छन्।  

उनीहरुले यस्ता घटनाबाट बच्न जलाशयमा पानी बढेपछि निकासतर्फ ध्यान दिनुपर्ने, ताल र खाल्डाखुल्डीमा जम्मा भएको पानीलाई निकास दिने तथा तटबन्ध निर्माण गरी बाढीबाट छुटकारा पाउन सकिने सुझाव दिएका छन्। अध्ययनकर्ताहरुले टेलिफोन सेवामार्फत पनि नदी किनारमा बसोबास भएका सर्वसाधारणलाई बचाउन सकिने बताएका छन्। 

बाढीको बहाव पत्ता लगाउने मेसिन जडान गरी पानीको मात्रा बढ्दा टेलिफोनबाट सर्वसाधारणलाई सजग गराउन सकिने उनीहरुको भनाइ छ। समस्याग्रस्त क्षेत्रमा प्रयोग गर्न सकिने गरी एक उपग्रह नेटवर्क बनाउनसमेत अध्ययनकर्ताले सुझाव दिएका छन्। खतराको प्रारम्भिक चेतावनी दिने गरी संयन्त्र बनाई बाढीबाट हुने लाखौंको ज्यान र धनमाल जोगाउन सकिन्छ। 

साइन्स पत्रिकामा प्रकाशित अध्ययन प्रतिवेदनमा अनुसन्धाताहरुले बाढी नियन्त्रण तथा रोकथामलाई गम्भीरताका साथ नलिए र अचुक उपाय नअपनाए आउँदा वर्षमा लाखौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाउने चेतावनी दिएका छन्।  
 

प्रकाशित: May 27, 2021| 04:01 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।