शनिबार, चैत ११, २०७९

नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं- कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

 सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै विद्यार्थी संघले काठमाडौँको गोंगबु चोकमा मंगलबार सरकार विरुद्ध प्रदर्शन र नाराबाजी गरेको हो। 

गोंगबु चोकमा ठूलो संख्यामा निस्केका विद्यार्थीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै 'मुल्यवृद्धि फिर्ता गर्, सुशासन कायम गर्' जस्ता नारा लगाएका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै झण्डा च्यातिदिएपछि विद्यार्थी आक्रोशित भएका थिए । शान्तिपूर्ण आन्दोलनमा आस्थाको आधारमा प्रहरीले झण्डा च्यात्नु निन्दनिय भएको नेविसंघ नेता निरञ्जन थापाको भनाई छ ।

नेविसंघ केन्द्रिय समितीको आयोजना र ग्रामिण आदर्श, एनआर र मनोहर क्याम्पसको समन्वयमा भएको प्रदर्शनको नेतृत्व नेविसंघका महामन्त्री कुन्दन काफ्लेले गरेका थिए। 

केपी ओली नेतृत्वको सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको छ । यसको विरोधस्वरुप नेविसंघले चरणबद्ध आन्दोलन गर्दै जाने केन्द्रीय सदस्य सुशील भट्टले नेपाल समयलाई बताए। 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।