काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले रानीमहल इलाका निरिक्षणका लागि मंगलबार पाल्पा पुगेका छन् ।
केन्द्रीय स्तरको पेशागत प्रतियोगिता २०७४/२०७५ मा सहभागीहरुलार्इ पाल्पाको रानीमहल इलाकामा निरिक्षण गर्न त्यसतर्फ पुगेका हुन् ।
पाल्पामा प्रधानसेनापति क्षत्रीलार्इ निरीक्षणाधिकृत उपरथी अनुज बहादुर बस्न्यातले स्वागत गरेका थिए ।
नेपाली सेनाको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले पृतना तहमा प्रथम तथा द्वितय भएका गण र गुल्महरुलार्इ सहभागी गरार्इ हरेक २/२ वर्षमा सञ्चालन हुने प्रतियोगिता चलिरहेको छ ।
कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी देव कु्मार सुवेदीलगायत अन्य रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । निरीक्षण भ्रमणमा सम्पन्न गरी प्रधानसेनापति क्षत्री आजै काठमाडौं फर्किएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४