मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ऋणको भाका नाघे पनि निषेधाज्ञा सकिएको ७ दिनसम्म थप शुल्क नलिनू : राष्ट्र बैंक

ऋणको भाका नाघे पनि निषेधाज्ञा सकिएको ७ दिनसम्म थप शुल्क नलिनू : राष्ट्र बैंक

कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीसँग थप शुल्क नलिन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ। महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने गरी राष्ट्र बैंकले निर्देशन दिएको हो। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- निषेध आदेश लागू भएको समयमा ऋण तिर्ने भाका नाघेका ऋणीसँग थप शुल्क नलिन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ। महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने गरी राष्ट्र बैंकले निर्देशन दिएको हो। 

मंगलबार राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाव नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको अतिरिक्त शुल्क नलिन स्पष्टसँग निर्देशन दिएको छ।

ऋणीलाई कुनै पनि कर्जामा जरिवाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। त्यस्तै  बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको ब्याजदरमा  परिवर्तन आए तत्काल ग्राहकलाई विद्युतीय माध्यमबाट गराउनुपर्नेछ।

राष्ट्र बैंकको यो निर्देशन लघुवित्त संस्थाका हकमा पनि लागू हुनेछ। -रासस

प्रकाशित: May 25, 2021| 14:37 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्