सोमबार, असार २९, २०८३

तीन एआईजीका लागि नौ डीआईजी प्रतिस्पर्धामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २७ जेठमा सरकारले नेपाल प्रहरीमा प्रशासनतर्फका अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी घटाएर तीन वटामा सीमित बनाएको छ । त्यसका लागि प्रतिस्पर्धामा छन्, नौ जना डीआईजीहरू । 

२९ माघ ०४६ मा प्रहरी निरीक्षक बनेका डीआईजीहरूमध्ये रमेश खरेलले आईजीपी नियुक्तिमा असन्तुष्टी जनाउँदै राजिनामा दिइसकेका छन् । पुष्कर कार्की, उत्तम कार्की, मनोज न्यौपाने, धिरु बस्नेत, सुरेशविक्रम शाह, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द एआईजीको प्रतिस्पर्धामा छन् । 

उनीहरूमध्ये उत्तम, छविलाल, ज्ञानविक्रम, शरद र पवनप्रसाद ३० असार ०४५ मा प्रहरी निरीक्षक बनेका अधिकृतहरू हुन् । पाँचै जनाले अगामी ३० असारमा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउँदैछन् । 

गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल दुवै एक महिनापछि अवकाशमा जाने उनीहरूलाई एआईजी नबनाउने मनस्थितिमा रहेको स्रोतले जनाएको छ । सोही कारण उनीहरू अवकाशमा गएपछि मात्र एआईजी बढुवाको सिफारिस गर्ने सम्भावना रहेको स्रोतको दाबी छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।