काठमाडौं- बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । परिवार स्रोतका अनुसार उनी हातले इशारा गर्दै कुरा गर्न थालेका छन् ।
उनलाई हालसम्म अस्पतालको आईसीयूको भीआईपी कक्षमा राखिएको छ । अहिले भेन्टिलेटरमार्फत् अक्सिजन दिनुपरेको छैन ।
डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर भए पनि विगतको तुलनामा ठूलो सुधार आएको परिवार स्रोतले जनाएको छ । पहिलेको तुलनामा सुधार भए पनि ढुक्क हुन सकिने अवस्था भने नरहेको परिवारका एक सदस्यले जानकारी दिए ।
गोरखा शिखरकटेरीस्थित घरमा पुर्याएर ल्याएको दिनभन्दा अहिले उनको अवस्थामा सुधारोन्मुख देखिएको ती सदस्यले जानकारी दिए ।
डा. देवकोटाले आफ्नो जन्मघर गएर सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेपछि २६ जेठमा हेलिकोप्टरमार्फत् लगेर फर्काइएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४