सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'बजेटमार्फत कालो धन र भ्रष्टाचारलाई बैधता दिन खोजियो’

'बजेटमार्फत कालो धन र भ्रष्टाचारलाई बैधता दिन खोजियो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले आगामी २०७५/२०७६ बजेटमार्फत कालो धनलाई वैधता दिन खोजेको आरोप लगाएका छन् । 

मंगलबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले कुनैपनि स्रोत नखुलाई लगानी गर्न दिने सरकारको निर्णयको विरोध गर्दै भने, 'कालो धनलाई वैधता दिन मात्र नभइ कालो धन भएकाहरुसँग कमिसन खाएर लगानी गर्न वातावरण सिर्जना गरी भ्रष्टाचार संस्थागत गर्न खोजेको बताए ।' 

उनले बजेटका विषयमा आफ्नो पार्टीका अर्थविदहरुले पनि केलाउन नसकेका स्वीकार गरेका छन् । उनले भने, 'हाम्रा पार्टीका अर्थविदहरुले पनि यसबारेमा एक्सपोज गर्नुपर्छ।’ बजेटमा नयाँपन केहीपनि समावेश नभएको बताउँदै उनले भने,‘बजेट प्राथमिकताविहीन छ, यसले विपन्न वर्गको आधारभुत आवश्यकत्तालाई सम्बोधन गर्न सकेन्।’

वर्तमान सरकारका हरेक मन्त्रीहरुले समेत भ्रष्टाचारको ठूलो स्वरमा विरोध गरेपनि साँढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका जुनसुकै राजनीतिक दलका जोसुकै व्यक्ति होस् जरोसम्म पुगेर भएपनि कारबाही गरेर देखायो भनेमात्रै विश्वास गर्ने केसीले स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले अहिलेको कुल बजेटको ११ प्रतिशत बजेट आफूमा केन्द्रित गरेर राख्नुको कारणबारे प्रश्न गरे । उनले भने,‘लेनिनको जनवादी केन्द्रियतातर्फ यो सरकार उन्मुख छ।’ संघीयताको मर्म र भावना अनुसार बजेट नआएकोमा उनको गम्भिर आपत्ति छ । 

सरकारले हालै ल्याएको बजेट परम्परागत नै भएको जिकिर गरे । उनले भने,‘उहाँहरुले जनतासामू गरेका आश्वासनहरु पनि छैन, स्वप्निल कल्पना छैन, बजेटमा लक्षित कार्यक्रमहरु केही पनि छैनन, आएका कार्यक्रमहरुपनि छरिएर आएका छन्, बजेटमा अपुष्ट र उडन्ते कुराहरुमात्रै छन्।’ 

अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताएका छन् । 

उनले भने,‘सभापतिको नाताले उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, सबै नेताहरुलाई मिलाउनुपर्छ, पार्टीलाई संरचनागत रुपमा चलाउनुपर्छ, त्यो अहिले सभापतिजीले सक्नुभएको छैन, यदि उहाँ मिल्न तयार हुनुभएन भने हामी संघर्ष गर्न तयार छौं।’ उनले सभापति देउवाले पदाधिकारी मनोनित एकलौटी ढंगले गर्नु निरंकुशताको अभ्यास भएको आरोप लगाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।