मंगलबार, असोज १३, २०८३

१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ

अर्थ मन्त्रालयले १२ वटा अस्पताललाई  अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक,  एचडियु जडान  र पिसिआर मेसिन खरिदका लागि स्थापनाको लागि ८ करोड १० लाख रुपैयाँ दिने सहमति दिएको छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– अर्थ मन्त्रालयले १२ वटा अस्पताललाई  अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक,  एचडियु जडान  र पिसिआर मेसिन खरिदका लागि स्थापनाको लागि ८ करोड १० लाख रुपैयाँ दिने सहमति दिएको छ। 

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताललाई ८० लाख,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख,  जिल्ला अस्पताल दैलेखलाई ७५ लाख,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ रहेको छ। 
 
यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख,  टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको अर्थमन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ। 


 

प्रकाशित: May 24, 2021| 11:52 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्