मंगलबार, असोज १३, २०८३

दुई दिनमै २ सय जना सगरमाथाको चुचुरोमा

दुई दिनमै २ सय जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आइतबार र सोमबार मौसम अनुकूल भएको कारण २ सय जनाले सगरमाथा आरोहण गरेका हुन्। उनीहरू जर्मनी, अमेरिका, बेलायतलगायतका पर्यटक रहेको जानकारी पर्यटन बोर्डले दिएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं- दुई दिनमै २ सय जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आइतबार र सोमबार मौसम अनुकूल भएको कारण २ सय जनाले सगरमाथा आरोहण गरेका हुन्। उनीहरू जर्मनी, अमेरिका, बेलायतलगायतका पर्यटक रहेको जानकारी पर्यटन बोर्डले दिएको छ।

यो सिजनमा सगरमाथा आरोहणका लागि ४ सय विदेशी पर्यटकले तयारी गरेका छन्। हिमालयन गाइड, पाइनर, ह्यापी फिट, समिट क्लब, सेभेन समिटलगायतका ४० वटा  एजेन्सीबाट पर्वतारोहणका लागि पर्यटक गएका छन्। 

अघिल्लो वर्ष कोरोनाको कारण सगरमाथा आरोहण गरेका थिएनन्। यो वर्ष भने कोरोना संक्रमण नबढ्दै सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि पर्वतारोहीहरुले अनुमति पाएका थिए। 

कोरोना न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण अन्य पर्यटकीय गतिविधि ठप्प हुँदा पनि हिमाल आरोहणका लागि पर्यटकले उत्साह देखाउनु खुसीको कुरा भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताए। 

आइतबार मात्रै १५० जनाले सगरमाथाको सफल आरोहण गरेका थिए। 

प्रकाशित: May 24, 2021| 11:46 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्