पाइरेट्स अफ दी क्यारेबियनको ज्याकक स्पेरोका उट्पट्याङ्गलाई तपाईंले टेलिभिजनको स्क्रिनमा देख्नुभएको होला । अनौठो फेसियल एक्स्प्रेसनसँगै दौडने, भाग्ने उनका सन्की व्यवहार हुन् ।
जनवरी २०१७ मा श्रीमती एम्बर हर्डसँगको सम्बन्ध विच्छेदपछि एकपटक डिप्रेसनको शिकार बनेका उनी निक्कै तनावपूर्ण जीवन बिताउन बाध्य भए । अहिले आफ्नै रक बैंड हलिउड भम्पायरको साथ उनी पुरानै संसारमा फर्किएका छन् । जोनी दमदार अभिनयका साथै सन्कीको उपनामले चिनिन्छन् । उनको 'रिल लाइफ' र 'रियल लाइफ'मा मेल खाने पाँच किस्सा यस्ता छन् ।
तनाव हटाउन आफैंलाई पीडा
-१९७८ मा डेपका बाबुआमाको सम्बन्धविच्छेद भएको थियो । सानैमा परिवारिक समस्याले हुनेवाला तनावका कारण जोनी स्वयमलाई दुःख दिन थाले । जसको उदाहरण उनको शरीरमा भएका आठ वटा घाउका खत हुन् ।
-१९९३ मा एक अन्तरवार्तामा आफ्नो घाउको खतको बारेमा भनेको थिए, 'मेरो शरीर एउटा किताब हो । हरेक चोटको कुनै न कुनै मतलब हुन्छ । हरेकको जीवनमा निशान अवश्य बन्छ । चाहे त्यो टाटू आर्टिस्टले बनाओस् या छुराले ।'
होटलमा भएको तोडफोड
-१९९४ मा डेपले न्युयोर्क सिटीमा एउटा होटलमा तोडफोड गरेका थिए । जसबाट धेरै नोक्सान भएको थियो । यसैकारण प्रहरीले उनलाई गिरफ्तार गरेको थिए । यस मुद्दाको बारेमा मारग्रेट मोसरले आफ्नो किताबमा मूवी 'स्टार्स डू द डम्बेस्ट थिंग'मा पनि भनेका छन् ।
फरबरी २०१७ को बेला जानीले एक महिनामा २० लाख डलर खर्च गरेका थिए । शाही ठाँट र खर्चले उनी कंगाली नै भएका थिए । यूनाइटेड टैलेंट एजेंसीको एजेंट ट्रेसी जैकबले उनको यो हर्कत सार्वजनिक गरेको थियो । जुन कम्पनीले जानीको एकाण्टस् हेथ्र्यो ।
फोटोको विषयमा हमला
फिल्म स्लीपीको शुटिङ्गको बेला १९९९ जाँनीलाई दोस्रोपटक गिरफ्तार गरेका थिए । फोटोग्राफर्सले जाँनीको फोटो लिने कोशिस गरेका थिए । तर उनले एउटी केटीलाई धम्काउदै फोटो नखिच्न भने । यो घटना लंन्डनम मिरेबल रेस्टुरेन्टको बाहिर भएको थियो । यसबेला जाँनी ४ घण्टा पुलिस कस्टडीमा थुनिएका थिए ।
अमेरिकालाई गाली
२००३ मा अमेरिकालाई गाली गरेको आरोप जर्मनीको पत्रिका स्टर्नमा प्रकाशित भयो । उनले भनेका थिए, 'अमेरिका बहिरो छ । यस्तो बहिरो कि जसको ठूलो दाँत छ । तिमीलाई काट्न सक्छ नोक्सान गर्न सक्छ । आक्रमक छ ।'
फेरि उनले पत्रिकालाई स्पष्टिकरण दिँदै पत्रिकाले गलत छापेको पनि टिप्पणी गरेका थिए । पत्रिकाले भने प्रमाण रहेको भन्दै अडान कायम राखेको थियो ।
अमेरिकी राष्ट्रपतिको मृत्यबारे सुझाव
जुन २०१७ मा ग्लैस्टोनव्यूरी म्युजिक फेस्टिवलको बेला जाँनी डेपले त्यहाँ उपस्थितसँग एउटा प्रश्न गरेका थिए । उनको प्रश्न थियो कुन एक्टरले अन्तिमपटक कुन राष्ट्रपतिको हत्या गरे र कहिले ? भन्ने थियो ।
जाँनीको यस प्रश्नको उत्तर १८६५ मा अभिनेता जाँन विल्क्स बूथद्धारा अब्राहम लिंकनसँग जोडिएको थियो । यसपछि फिल्मदुनियाबाट आउट पनि गर्न लागेका थिए । एजेन्सीको सहयोगमा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४