सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमिताभ बच्चनको कार्यक्रममा चिठ्ठा पर्‍यो भन्दै ठग्ने पक्राउ

अमिताभ बच्चनको कार्यक्रममा चिठ्ठा पर्‍यो भन्दै ठग्ने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज-बलिउड अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने कार्यक्रम 'कौन बनेका करोडपति'मा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, ह्वाटसप, ईमोलगायतमा पुरस्कार परेको विवरण देखाउँदै करबापतको रकम उठाएर ठगी गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्जका १८ वर्षका अक्षयकुमार चौरासिया, सोही उमेरका युवराज पासवान, २२ वर्षका वीरनारायण चौरासिया र वीरगञ्जको रेल्वे रोडका २२ वर्षकै राहुल राउत रहेको वीरगञ्जका प्रहरी प्रमुख रेवती ढकालले जानकारी दिए ।

उनीहरुको साथबाट नगद एकलाख पाँच हजार, चार थान मोवाईल, विभिन्न नामका परिचयपत्र, आईएमईमा पैसा जम्मा गरेको भौचरलगायत सामग्री पनि बरामद गरिएको छ ।

नेपालमा ठगीको काम गर्ने उनीहरु भारत तथा पाकिस्तानी ठगको एजेन्टका रुपमा काम गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।