शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • एमाले एकीकरणको सम्भावना सकियो, अब नयाँ दल दर्ता गराउँछौं : युवराज ज्ञवाली

एमाले एकीकरणको सम्भावना सकियो, अब नयाँ दल दर्ता गराउँछौं : युवराज ज्ञवाली

एकीकरणको सम्भावना टर्दै गएको छ। स्थिति अर्को पार्टी खोल्नुपर्ने अवस्थातर्फ अघि बढेको छ।  नयाँ दल दर्ता गर्ने विषयमा पार्टीभित्र गम्भीर रूपमा छलफल भइरहेकाे छ।
 |  आइतबार, जेठ ९, २०७८

बीपी अनमोल

बीपी अनमोल

आइतबार, जेठ ९, २०७८

सहमतिको दिशातर्फ अघि बढेको एमालेभित्रको विवाद प्रतिनिधिसभा भंग गरिएपछि फेरि चर्किएको छ। असन्तुष्ट समूहको नेतृत्व गरिरहेको माधव नेपाल–झलनाथ पक्षले संसद् विघटनको विरोध गर्दै विपक्षीय गठबन्धनसँग सहकार्य गरेर यसविरुद्ध संघर्ष गर्ने निर्णय गरिसकेको छ। शीर्ष नेताहरूले पार्टी एकता सम्भव नभएको सार्वजनिक रूपमै बताइसकेका छन्। अबको परिस्थितिमा माधव–झलनाथ समूह कसरी अगाडि बढ्छ भन्ने विषयमा नेता युवराज ज्ञवालीसँगको कुराकानी  : 
 
यहाँहरूले संसद् विघटनविरुद्ध विपक्षी गठबन्धसँग सहकार्य गर्नुभएको छ। अब कसरी अगाडि बढ्नुहुन्छ?

triton college

संसद् भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई हामीले प्रतिगामी भनेका छौं। यो कदमविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी, वामपन्थी, देशभक्त जो संविधान रक्षामा लाग्छन् ती सबैसित एकताबद्ध भएर अघि बढ्नुपर्छ। कानुनी उपचारमार्फत पनि समाधान खोज्नुपर्छ भन्ने हामीले निर्णय गरेका छौं। त्यसैअनुसार पाँचदलीय गठबन्धन अघि बढ्दै छ। संसद् विघटन बदर गर्न १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिँदै छौं।

विगतमा हरेक पार्टीले आआफ्ना हिसाबले आन्दोलन गरेका थिए। अहिले आएर ओली कदमको विरोधमा सबै पार्टी एकताबद्ध भएका छन्। अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध संयुक्त मोर्चा नै तयार भएको छ। देशका तमाम नागरिक समाज, लोकतन्त्रका पक्षधर, बुद्धिजीवीदेखि लिएर विभिन्न संघसंस्था  प्रतिगमनविरुद्ध उत्रिएका छन्। कोरोना महामारी भएको हुनाले ठूलो मात्रामा सडकमा उत्रिहाल्ने अवस्था छैन। तर, अवस्था केही सहज भएमा सडकमा विगतको भन्दा पनि ठूलो जनलहर आउनेछ। 

आमजनता पनि अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छन्। जनता केही ठाउँमा सडकमा आउन पनि सुरु गरिसकेका छन्। तर, कोरोनाका बेला सडकमा उत्रिनु सम्भव पनि हुँदैन। हामी सक्रियतापूर्वक यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हिसाबले नै लाग्छौं। 

शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न हस्ताक्षर गर्ने विषयमा तपाईंकै समूहका नेताहरूको फरक प्रतिक्रिया आयो। खासमा भएको चाहिँ के हो?

corrent noodles
Metro Mart

यसबारे हामीले बैठक बसेर निर्णय गरेका हौं। सम्भव भए माधव नेपालकै नेतृत्वमा भएन भने शेरबहादुर देउवा वा जुनसुकै विकल्पमा पनि अघि बढ्ने भन्ने सहमति भएको हो। हामीलाई केपी ओलीजी संविधान नै मिच्ने हिसाबले विघटनकै दिशामा जान खोजेको आभास भएकै हो। उहाँले चुनावमा जाने भन्दै पनि आउनुभएको थियो। मध्यावधि निर्वाचन सम्भव छैन। त्यसैलाई रोक्नुपर्छ र ओलीको विकल्पमा जानुपर्छ भन्नेमा पाँच दलीय गठबन्धन एकमत थियो। अनि दलहरूबीच सामूहिक छलफल गर्दा शेरबहादुरजीलाई नै बनाउने सहमति भयो। कतिपय साथीहरूले सहमत छैन, म हस्ताक्षर गर्दिनँ भनेका थिए। एकजनाको सहमत छैन भन्ने निवेदन नै राष्ट्रपति कार्यालयमा गएको सुनियो। तर, अरू साथीहरूको त्यस्तो अवस्था छैन। 

सामूहिक राजीनामा दिने तयारी गर्नुभएको थियो। पछि त्यो निर्णयबाट पछि हट्नुभयो। त्यतिखेर राजीनामा दिएको भए त अर्को सरकार गठनमा सहज हुने थियो, हैन? 

राजीनाका विषयमा हामीले स्थायी कमिटी बैठक बसेर छलफल गरेका थियौं। राजीनामा उपयुक्त हुन्छ कि अनुपस्थिति हुने कुरामा विश्लेषण भएको हो। राजीनामाबाट उत्पन्न हुने स्थिति र अनुपस्थित हुँदा उत्पन्न हुने स्थितिको पनि विश्लेषण भएकै हो। फेरि हाम्रो जोड त पार्टी एकीकरण गर्ने दिशामा बढी नै थियो। जेठ २ मा फर्किन ओलीजी सहमत हुन खोजेका कारण पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने अवस्था थियो। एकैचोटि ठूलो निर्णयमा अघि बढ्नु हुन्न भन्ने धारणा बन्यो।

राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापालाई जिताउन हाम्रो तर्फबाट सकारात्मक भूमिका हुन्छ कि भन्ने उहाँको अपेक्षा रहेछ। थापाले जितेको अवस्थामा पनि ओली जेठ २ मा फर्किने मनस्थिति हुनुहुन्थेन भन्ने प्रस्ट भएको छ। 

अर्को कुरा, राजीनामा नै दिएको भए पनि ठूलो पार्टीको हैसियतले केपी ओलीजीले नै सरकार चलाउने स्थिति बन्ने थियो। त्यसैले हामीले राजीनामा दिनुभन्दा अनुपस्थित हुने निर्णय लिएका हौं। राजीनामा दिएको भए परिणाम आउने अवस्था थिएन। अनुपस्थित हुँदाचाहिँ उहाँले विश्वासको मत प्राप्त नगर्ने स्थिति उत्पन्न भएको हो। हामीले मतदान गर्दा महन्थजीहरूले समर्थन गरिसकेपछि केपी ओलीले नै बहुमत ल्याउन सक्नुहुन्थ्यो। त्यसैले अनुपस्थित हुने निर्णय उपयुक्त थियो।

ओलीजीले आफ्नाे स्वार्थ पूरा गर्न मात्र वार्ता, एकीकरण र कार्यदल बनाउने विषय अगाडि ल्याउनुभएको थियाे। उहाँले यी सबै प्रयास एकीकरणका लागि गरेको होइन रहेनछ भन्ने घटनाक्रमले देखाएको छ। उहाँको यो सबै दाउपेच रहेछ। जेठ २ मा जान तयार छु भनेपछि राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापालाई जिताउन हाम्रो तर्फबाट सकारात्मक भूमिका हुन्छ कि भन्ने उहाँको अपेक्षा रहेछ। थापाले जितेको अवस्थामा पनि ओली जेठ २ मा फर्किने मनस्थिति हुनुहुन्थेन भन्ने प्रस्ट भएको छ। 
 

कम्युनिस्ट आन्दोलन समाप्त पार्ने, पार्टी अध्यक्ष नेतृत्वको सरकार ढालेर विपक्षीलाई साथ दिएको भन्ने आरोप लगाएर ११ जनालाई मात्र स्पष्टीकरण सोधिएको छ। यसलाई कसरी बुझ्नुभएको छ?

पहिलो कुरा त कसैलाई स्पष्टीकरण सोध्ने र कसैलाई नसोध्ने ओलीजीको दाउपेचको कुरा हो। उहाँले हाम्रो समूहलाई विभाजन गर्न सकिन्छ कि भन्ने हिसाबले स्पष्टीकरण सोध्नुभएको हो। अर्को कुरा, उहाँलाई पार्टी अध्यक्ष प्रधानमन्त्री हामीले नै बनाएका हौं। उहाँलाई प्रधानमन्त्री बनाउन एमाले स्थायी कमिटी बैठकमा माधवकुमार नेपालले प्रस्ताव गर्नुभएको थियो। महाधिवेशनमा केही झिनो मतले चुनिएर अध्यक्ष हुनुभएको हो। त्यो कुरा त हामीले मान्दै आएका हौं। 

विगतमा हामीले एमाले र माओवादी केन्द्र विघटन गरेर नेकपा बनाएका थियौं। त्यसको स्वयं अगुवाइ केपी शर्मा ओली र पुष्पकमल दाहालले गर्नुभएको थियो। त्यसमा हाम्रो समर्थन र सहयोग थियो। ओलीजीले पार्टीलाई टिकाएर अगाडि बढाउनुुको सट्टा छिन्नभिन्न पार्न मुख्य भूमिका खेल्नुभयो।

प्रतिगामी कदमको नेतृत्व गर्दै ओलीजी कम्युनिस्ट आन्दोलनबाट च्यूत हुनुभएको छ। दक्षिणपन्थी विसर्जनवादी र अवसरवादी दृष्टिकोण उहाँमा यथेष्ट छन्। कम्युनिस्ट विरोधी र लोकतन्त्र विरोधी उहाँ नै हो।

ओलीजीले पार्टी र सरकार सञ्चालनमा विधि र पद्धति मिचेर अनेक काम गर्दै आउनुभयो। त्यसका तथ्य र प्रमाण छन्। अहिले त्यतातिर जान सम्भव छैन। पुस ५ गते संसद् विघटन गरिसकेपछि पार्टीभित्र चाहिँ विस्फोटक बनेको हो। उहाँको कदम नै संविधान, लोकतन्त्रविरोधी र प्रतिगामी थियो। उहाँले त्यति बेला नै व्यवस्था र कम्युनिस्ट आन्दोलनमाथि प्रहार गरेको हो। झण्डै दुई तिहाइ वामपन्थी सदस्य रहेको संसद् विघटन गर्नुको तात्पर्य उहाँ कम्युनिस्ट आन्दोलनलाई नै क्षतविक्षत पार्न चाहनुहुन्छ भन्ने कुराको प्रमाण हो।

उहाँले कम्युनिस्टको नाममा आन्दोलन सिध्याउने काम गर्नुभएको छ। कम्युनिस्टको नाम लिँदै झण्डा र ब्यानर बोक्दै पार्टी सिध्याउने काम विश्वका विभिन्न देशका नेताहरूले गरेका उदाहरण छन्। नेपालमा पनि ओलीजीले त्यस्तै गरिरहनुभएको छ। प्रतिगामी कदमको नेतृत्व गर्दै ओलीजी कम्युनिस्ट आन्दोलनबाट च्यूत हुनुभएको छ। दक्षिणपन्थी विसर्जनवादी र अवसरवादी दृष्टिकोण उहाँमा यथेष्ट छन्। कम्युनिस्ट विरोधी र लोकतन्त्र विरोधी उहाँ नै हो। हामी कम्युनिस्ट आन्दोलनको रक्षा, लोकतान्त्रिक आन्दोलन र संविधान रक्षाका लागि अभियान चलाइरहेका छौं। उहाँका गलत कदमविरुद्ध निरन्तर संघर्ष गरिरहेका छौं र गरिरहनेछौं।

अब पार्टी तपाईंहरूले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार नै अघि बढ्छ हो? 

एमाले निर्माण गर्नमा हाम्रो ठूलो लगानी छ। एमाले हामीले निर्माण गरेको पार्टी हो। यसमा हाम्रो रगत र पसिना बगेको छ। त्यसैले हामीलाई त्यसको धेरै माया छ। हिजो नेकपा माले र एमाले निर्माण गर्नमा नेतृत्व गर्नुभएका झलनाथ खनाल, माधव नेपाल सँगै हुनुहुन्छ। त्यस्तै अमृत बोहरा, मुकुन्द न्यौपाने लगायतका धेरै नेता कोर्डिनेसन कमिटी गठन बेलादेखिकै हुनुहुन्छ। अग्रगामी र नेतृत्वदायी भूमिका खेलेका नेताहरूको समूह र युवापंक्ति हामीसित छ।

एकीकरणको सम्भावना टर्दै गएको छ। स्थिति अर्को पार्टी खोल्नुपर्ने अवस्थातर्फ अघि बढेको छ।  नयाँ दल दर्ता गर्ने विषयमा पार्टीभित्र गम्भीर रूपमा छलफल भइरहेकाे छ।

विडम्बना, केपी ओलीजी जस्ता दक्षिणपन्थी सोच भएको व्यक्ति पार्टीमा प्रभावशाली हुँदा कम्युनिस्ट आन्दोलनभित्र यस्तो विकृति देखापर्‍यो। नेतृत्वले नै उल्टो बाटो समात्ने अवस्था आउनु हाम्रा लागि दुःखद हो। अब जतिसुकै दुःखद भए पनि त्यसलाई महसुस गरेर सही बाटो समात्न कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लैजान पुनर्गठन आवश्यक छ। ओलीजीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन र गलत बाटोतिर लग्नुभयो। त्यसो भएको हुनाले अब नयाँ ढंगले नै अघि बढ्नु जरुरी छ।  अब परिस्थिति कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने नै देखिएको छ। 

यसको तात्पर्य तपाईंहरूले नयाँ दल गठन गर्न लाग्नुभएको हो? 

हामी एमालेलाई एकताबद्ध गराउने पक्षमै थियौं। हाम्रो सबै प्रयास एकतामै केन्द्रित थियो। राष्ट्रिय कार्यकर्ता भेलाबाट पनि अन्तरसंघर्ष सञ्चालन गर्ने र ७५ साल जेठ २ को अवस्थामा पुग्ने वातावरण बन्यो भने फेरि एकताबद्ध भएर नै अगाडि बढ्ने निर्णय थियो हाम्रो।  जेठ २ मा पुग्न सक्ने अवस्था रहेन भने मात्रै विकल्पको बाटो सोच्ने भन्ने थियो। सोहीअनुसार निरन्तर प्रयत्न जारी राख्यौं। अन्तिममा आइसकेपछि पाँचपाँच जना रहने गरेर कार्यदल पनि गठन भयो।

कार्यदलले काम सुरु गरिसकेको थियो। यसै बेला अचानक असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा भयो। संविधान र व्यवस्थामाथि नै प्रहार भएको छ। हामीले ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान निर्माण गरेका हौं। आज चुनावका नाममा त्यही संविधान र प्राप्त उपलब्धिलाई समाप्त गर्ने प्रयत्न भएको छ। त्यसैले स्थिति अत्यन्तै गम्भीर भयो। एकीकरणको सम्भावना टर्दै गएको छ। स्थिति अर्को पार्टी खोल्नुपर्ने अवस्थातर्फ अघि बढेको छ।  नयाँ दल दर्ता गर्ने विषयमा पार्टीभित्र गम्भीर रूपमा छलफल भइरहेकाे छ।

प्रकाशित: May 23, 2021| 06:01 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...