सोमबार, चैत २, २०८२

किम र ट्रम्पबीच ४५ मिनेट गोप्य भेटवार्ता : के भयो सहमति ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- इतिहासमै पहिलोपटक अमेरिकी राष्ट्रपति र उत्तरकोरियाली शासकबीच पहिलो पटक भेटवार्ता भएको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको सिंगापुरमा भेटवार्ता भएको हो । 

दुई नेताबीच भएको ४५ मिने लामो गोप्य भेटवार्तामा सम्बन्ध सुमधुर बनाउने प्रयास हुनुका साथै विश्व शान्तिका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

वार्तामा बस्नुअघि दुवै नेता एकदमै उत्साहित देखिएका थिए। ट्रम्पले  वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कोरियाली प्रायद्धीपको  आणविक कार्यक्रम निशस्त्रीकरणलगायत विषयमा छलफल भएको छ। वार्तापश्चात् उत्तरकोरियाली नेता किम परमाणु हतियार त्याग्न तयार हुने आशा गरिए पनि यसबारे केही खुलाइएको छैन । 

दुई नेताबीचको भेटले विश्व समुदायलार्इ उत्साहित बनाएको छ । युद्धको स्थितिमा पुगेका दुई देशका नेताबीचको भेटले हतियारको होडलाई कम गर्ने अनुमान गरिएको छ । 

पछिल्लो वर्ष मात्र पनि यी दुई प्रमुखहरूले एकअर्काविरुद्ध अपमानजनक शब्द प्रयोग गर्दै एकअर्कालाई ध्वस्त पार्नेसमेत धम्की दिएका थिए । त्यस समय यी दुई राजनीतिज्ञहरूबीच प्रत्यक्ष भेटवार्ता हुनेबारे कसैले सोच्न पनि सकेको थिएन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।