आइतबार, जेठ ३, २०८३

खोप किन्न एडीबीबाट १९ अर्ब ५८ करोड ऋण लिने सरकारको निर्णय

'मन्त्रिपिरषद् बैठकले एडीबीबाट १६ करोड ५० लाख अमेरिकी डलर (करिब १९ अर्ब ५८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ,' सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘रेस्पान्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट' अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋण साहयता स्वीकृत गरेको हो।'
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्नका लागि एसियाली विकास बैंक (एडीबी)बाट करिब १९ अर्ब ५८ करोड रुपैयाँ ऋण लिने भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले  शिक्षक सेवा आयोगमा अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। मंगलबार बसेको मन्ति्रपरिषद् बैठकले पदाधिकारी नियुक्त गरेको हो।

National life

'मन्त्रिपिरषद् बैठकले एडीबीबाट १६ करोड ५० लाख अमेरिकी डलर (करिब १९ अर्ब ५८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ,' सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘रेस्पान्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट' अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋण साहयता स्वीकृत गरेको हो।'

बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीका साथै सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन नियुक्त समेत गरेको छ। 

त्यसैगरी सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको सो आयोग देउवा सरकारले खारेज गर्ने निर्णय गरेको हो। आयोगमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहालसँग भरतपुरको मेयरमा पराजित देवी ज्ञवाली अध्यक्षता थिए। 

यस्तै, ६ जनालाई विभूषण समितिको सदस्य तोक्ने निर्णय समेत सरकारले गरेको छ। समितिमा सुदूरपश्चिम विश्वविद्यालयकी पूर्व उपकुलपति प्रा भूषण श्रेष्ठ, त्रिविका पूर्व रजिस्ट्रार गोविन्दप्रसाद शर्मा कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मलमी, ओप्रकाश महतो सुडी र उपरथी नरबहादुर कँडेल छन्। 

प्रकाशित: Aug 03, 2021| 20:12 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्