बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सम्पत्ति विवादमा अयोध्यामा एकै परिवारका पाँच जनाको हत्या

सम्पत्ति विवादमा अयोध्यामा एकै परिवारका पाँच जनाको हत्या

भारतको अयोध्यामा एकै परिवारका पाँच जनाको धारिलो हतियार प्रहारगरि हत्या गरिएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - भारतको अयोध्यामा एकै परिवारका पाँच जनाको धारिलो हतियार प्रहारगरि हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यममा श्रीमान्-श्रीमती र तीन बच्चासहित पाँच जनाको हत्या गरिएको छ।

National life

स्थानीय प्रहरीका अनुसार पवन नामक व्यक्ति हत्यापछि फरार रहेका छन्। दुई छोरा र एक छोरीसहित तीन बच्चाको हत्या गरिएको र उनीहरूको उमेर १० वर्ष भन्दा कम रहेको छ। थाना इनायतनगरको खानपुर मजरे बरिया निसारुमा घटना भएको बताइएको छ।

प्रहरी अधिकारी घटना स्थल पुगिसकेका छन्। एसएसपी शैलेश पाण्डेका अनुसार सम्पत्ति विवादका कारण भान्जाले मामा राकेश कहार, माइजू ज्योति र उनका तीन सन्तानको हत्या गरेका हुन्। उनीहरूको हत्या राति साढे १२ बजेतिर भएको प्रहरी अध्ययनबाट खुलेको छ।

दुवै परिवार नजिकै बस्थे। उनीहरूको बीचमा पुर्ख्यौली सम्पतिलाई लिएर विवाद रहेको बताइएको छ। 

प्रकाशित: May 23, 2021| 01:22 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।