सोमबार, असार २९, २०८३

ट्रम्प र किमबीचको ऐतिहासिक वार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सिंगापुर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोग उनबीच ऐतिहासिक बैठक सुरु भएको । उनीहरूबीच सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा भेटवार्ता भइरहेको हो । 

होटल क्यापेला भित्र प्रवेश गर्दैगर्दा किम र ट्रम्प दुवै गम्भीर मुद्रामा देखा परेपनि हात मिलाएपछि भने हाँस्दै एकअर्कालाई अभिवादन गरेको क्षणको अन्तर्राष्ट्रिय मिडियाले प्रत्यक्ष प्रशारण गरेका थिए ।

विश्व राजनीतिको इतिहासमै पहिलोपटक अमेरिकी र प्रमुख र उत्तर कोरियाली नेताबीच प्रत्यक्ष अन्तरक्रिया हुने भएको हो । 

ट्रम्पले  वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन् । ह्वाइट हाउसले किमसँगको वार्ता विश्व शान्तीका लागि पहिलो स्टेप भएको बताइसकेको छ। वार्ता पश्चात्त् उत्तर कोरियाली नेता किम परमाणु हतियार त्याग्न तयार हुने आशा विश्व समुदायले गरेको छ।

पछिल्लो वर्ष मात्र पनि यी दुई प्रमुखहरुले एकअर्का विरुद्ध अपमानजनक शब्द प्रयोग गर्दै एकअर्कालाई ध्वस्त पार्ने समेत धम्की दिएका थिए । त्यस समय यी दुई राजनीतिज्ञहरुबीच प्रत्यक्ष भेटवार्ता हुनेबारे कसैले सोच्न पनि सकेको थिएन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।