शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • 'इन्डिया भेरियन्ट' लेखिएका सबै सामग्री सामाजिक सञ्जालबाट हटाउन भारतको निर्देशन

'इन्डिया भेरियन्ट' लेखिएका सबै सामग्री सामाजिक सञ्जालबाट हटाउन भारतको निर्देशन

भारतमा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई भारतीय भेरियन्ट (इन्डिया भेरियन्ट) भनिएको भन्दै भारतले आपत्ति जनाएको छ। भारत सरकारले भारतीय भेरियन्ट (इन्डिया भेरियन्ट) लेखिएका जुनसुकै पनि सामग्री हटाउन सामाजिक सञ्जाल कम्पनीहरूलाई निर्देशन दिएको हो।  
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

नयाँ दिल्ली (भारत)- भारतमा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई भारतीय भेरियन्ट (इन्डिया भेरियन्ट) भनिएको भन्दै भारतले आपत्ति जनाएको छ। भारतको सूचना प्रविधि मन्त्रालयले भारतीय भेरियन्ट (इन्डिया भेरियन्ट) लेखिएका जुनसुकै पनि सामग्री हटाउन सामाजिक सञ्जाल कम्पनीहरूलाई निर्देशन दिएको हो।  

National life

विश्व स्वास्थ्य संगठनले भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्टलाई 'बी.१.६१७' भनी नामकरण गरेको र 'भारतीय भेरियन्ट' भन्ने कुनै आधार नरहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले 'त्यो नाम (इन्डिया भेरियन्ट) वा त्यसलाई जनाउने सबै सामग्री तपाईंहरूको सामाजिक सञ्जाल प्लेटफर्मबाट तत्काल हटाउन भनेको' प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)ले उल्लेख गरेको छ।

यसअघि पनि कोरोनाको नयाँ भेरियन्ट भेटिँदा भौगोलिक रूपमा नामकरण गर्ने गरिएको थियो। बेलायतमा भेटिएको भेरियन्टलाई बेलायती र ब्राजिलमा भेटिएको ब्राजिली (ब्राजिलियन) भेरियन्ट भनिँदै आएको छ। 

भारतले गत महिना पनि विभिन्न पोस्टहरू हटाउन ट्विटरलाई निर्देशन दिएको थियो। 

गत मार्च महिनादेखि भारतमा नयाँ भेरियन्टको कोरोनाको संक्रमण तीव्र बनेपछि भारत विश्वमा नै सर्वाधिक संक्रमण भएको देशको सूचीमा दोस्रो स्थानमा पुगेको छ। भारतमा भेटिएको उक्त भेरियन्टको संक्रमण नेपालमा पनि बढेको पुष्टि भइसकेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 22, 2021| 15:21 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।