बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जुन्ता प्रमुख भन्छन्- सुकीको स्वास्थ्य ठीक छ, केही दिनमै अदालतमा सार्वजनिक हुन्छिन्

जुन्ता प्रमुख भन्छन्- सुकीको स्वास्थ्य ठीक छ, केही दिनमै अदालतमा सार्वजनिक हुन्छिन्

म्यानमारी सैन्य सरकारका प्रमुख मिन आङ ह्यालिङले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको स्वास्थ्य अवस्था ठीक रहेको दावी गरेका छन्। गत फेब्रुअरी १ मा सैन्य 'कू' गरेपछि पहिलो पटक हङकङको फोनिक्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै ह्यालिङले यस्तो दावी गरेका हुन्। 
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

यांगुन (म्यानमार)- म्यानमारी सैन्य सरकारका प्रमुख मिन आङ ह्लाइङले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको स्वास्थ्य अवस्था ठीक रहेको र केही दिनमा अदालतमा सार्वजनिक हुने दावी गरेका छन्। गत फेब्रुअरी १ मा सैन्य 'कू' गरेपछि पहिलो पटक हङकङको फोनिक्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै ह्लाइङले यस्तो दावी गरेका हुन्। 

National life

यद्यपि ह्लाइलिङले बिहीबार दिएको अन्तर्वार्ताको पूर्ण अंश टेलिभिजनमा प्रसारण भएको छैन। जुन्ता प्रमुख ह्यालिङले बर्मेली भाषामा दिएको अन्तर्वार्ताको एक क्लिप चिनियाँ भाषामा अनुवाद गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। 

'आङ साङ सुकीको स्वास्थ्य अवस्था राम्रो छ। उनी घरमै बसिरहेकी छन् र केही दिनमा अदालतमा सार्वजनिक हुनेछिन्,' उपलब्ध क्लिपमा ह्लाइङले भनेका छन्। सेनाले 'कू' गरेपछि सुकीलाई नजरबन्दमा राखिएको छ। उनलाई सार्वजनिक स्थानमा निस्कन दिइएको छैन। 

म्यानमारी सेनाले गत नोभेम्बरको निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सैन्य 'कू' गरी शासनसत्ता हातमा लिएको थियो। उक्त निर्वाचनमा सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टी विजयी भएको थियो। 

सैन्य 'कू'पछि जुन्ता सररकारले ४ हजारभन्दा बढीलाई नजरबन्दमा राखेको छ भने जनताको शान्तिपूर्ण विरोध दमन गर्ने क्रममा म्यानमारमा ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। 

Laxmi sunrise bank
kumari

अन्तर्वार्तामा ह्यालिङले सुकीको पार्टी एनएलडीले गत वर्षको चुनावमा व्यापक धाँधली गरेको आरोप ह्लाइङले दोहोर्‍याएका थिए। 

यसैबीच सुकीलाई सोमबार राजधानी न्यापितअको अदालतमा पेस गरिने भएको छ। आफ्नै वकिलहरूसँग पनि प्रत्यक्ष रूपमा बातचित गर्न सुकीलाई अनुमति दिइएको छैन। 

प्रकाशित: May 22, 2021| 14:48 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।