सोमबार, असार २९, २०८३

ट्रम्प र किमजत्तिकै चर्चा बटुल्दै गोर्खा प्रहरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ–उनबीच सोमबारदेखि सिंगापुरको सांग्रिला होटेलमा वार्ता शुरु भएको छ । वार्तास्थलको सुरक्षा व्यवस्था सम्हालेका गोर्खा सिपाहीहरूले यतिबेला संसारको ध्यान आफूतिर तानेका छन् ।

गोर्खालीहरूको इमानदारिता र साहसको संसारभर प्रशंसा हुने गरेको छ । विशिष्ट व्यक्तिको सुरक्षामा कुनै कसर नछाड्ने प्रमाणित गर्न सिंगापुर प्रहरीका गोर्खाली सिपाहीहरू लागिपरेका छन् ।

ट्रम्प–किम शिखर वार्ताको उद्देश्य उत्तर कोरियाको आणविक निशस्त्रीकरण हो । आफ्नो मुलुकको सुरक्षा व्यवस्था चुस्त र दुरुन्त भएकै कारण ट्रम्प र किमबीचको वार्तास्थल बनेको सिंगापुरका विदेश मन्त्री भियिन बालकृष्णनको दाबी छ ।

अमेरिकाले नै पनि सिंगापुर प्रहरीको गोर्खाली युनिटलाई निडर र सक्षम तथा आतंकवादविरुद्ध प्रभावी योजना बनाउने एकाइ मान्दै आएको छ । सिंगापुर संसारको सुरक्षित शहरहरूको सूचीमा अग्रपंक्तिमा छ ।

सन् १९४९ देखि सिंगापुर प्रहरीमा नेपाली युवा भर्ति हुँदै आएका छन् । र, उनीहरूलाई संवेदनशील र विशिष्ट व्यक्तिहरूको सुरक्षा जिम्मा दिइँदै आएको छ ।

सन् २०१५ मा भएको विश्वभरका रक्षा मन्त्रीहरूको सम्मेलनको सुरक्षा जिम्मा पनि गोर्खा प्रहरीलाई दिइएको थियो । त्यसक्रममा एक चालकको आत्मघाती आक्रमणको योजना विफल तुल्याएको थियो, गोर्खा प्रहरीले ।

वार्तास्थलको सुरक्षाका लागि गोर्खा प्रहरीको कमान्डमा पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरिएको सिंगापुरका गृहमन्त्री के. सानमुगमले संवाददाताहरूलाई जानकारी दिएका छन् । गोर्खा प्रहरी अत्यन्तै सक्षम रहेको उनको भनाइ छ ।

मन्त्री सानमुगमका अनुसार गोर्खा प्रहरीले २४सै घण्टा वार्तास्थलको सुरक्षा दिनेछ । ३७ वर्ष बेलायती सेनामा काम गरेका कृष्णकुमार आलेले यो जिम्मेवारीले समग्र गोर्खालीको गौरव बढाएको बताए ।
(एजेन्सीहरूको सहयोगमा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।