सोमबार, असार २९, २०८३

विश्वकपमा नेपाल प्रहरीको नियम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जुन १४ देखि रूसमा शरु हुन लागेको विश्वकप २०१८ का लागि नेपाल प्रहरीले केही शर्तहरु लागु गरेको छ ।

सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले काठमाडौंले जारी शर्तहरुको अधिनमा रहेर मात्र विश्वकप प्रदर्शन गर्ने गराउने आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, 'आगामी विश्वकप २०१८ का खेलहरु क्लब संस्था तथा निजि व्यवसायीहरुले आ-आफ्न परिसर, प्रतिष्ठानमा मनोरञ्जनको लागि प्रदर्शन गर्न गराउन सूचना प्रकाशित गरिएको छ ।

प्रहरीले जारी गरेका नियमहरु:
  • खेलहरु प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने ।
  • प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाइने ।
  • खेलको हार-जितलगायतका विषयलार्इ लिएर कुनै प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन नपाइने ।
  • सार्वजनिक स्थलमा गरिने प्रदर्शनको हकमा मादक पदार्थ खरिद, बिक्रि, ओसार-पोसार तथा सेवन गर्न नपाउने ।
  • निजि व्यवसाय/प्रतिष्ठानका हकमा खेलको विषयलार्इ समेत लिएर हुन सक्ने असुरक्षा नियन्त्रण गर्न आवश्क जनशक्ति तथा सिसिटिभि निगरानीको व्यवस्था गरिएको हुनुपर्ने ।
विज्ञप्तीको पुर्ण पाठ



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।