बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य संयोजकले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीकाे मृत्यु

स्वास्थ्य संयोजकले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीकाे मृत्यु

एम्बुलेन्स आउला भनेर पर्खंदापर्खंदै सल्यानमा एक जना बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका–७ का भोलाबहादुर बुढा छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

सुर्खेत– एम्बुलेन्स आउला भनेर पर्खंदापर्खंदै सल्यानमा एक जना बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका–७ का भोलाबहादुर बुढा छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राति ११ बजेतिर नगरपालिकाको आइसोलेसन पुर्‍याइएको थियो।

तर स्वास्थ्यकर्मीले त्यहाँ बिरामीको उपचार असम्भव भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए। त्यसपछि एम्बुलेन्स बेलाइएको थियो। समयमै एम्बुलेन्स नआाउँदा उनलाई उपचार गर्न अन्यत्र लैजान सकिएन। उनको शुक्रबार बिहान मृत्यु भएको हो। 

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बुढाको पीसीआर परीक्षणका लागि स्वाब सुर्खेत पठाइएको छ। मृतकका आफन्तले नगरपालिकाले समयमा एम्बुलेन्स उपलब्ध गराउन नसक्दा बिरामीले अकालमा ज्यान गुमाउनुपरेको आरोप लगाएका छन्। ‘बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स खोज्यौंं तर एम्बुलेन्स चालकले स्वास्थ्य शाखाको अनुमति विना बिरामी नबोक्ने अडान लिए’, मृतकका बहिनी भुमा वलीले भनिन्, ‘एम्बुलेन्स कुर्दाकुर्दै दाजुको मृत्यु भयो।’ 

नगरपालिकाको आफ्नै एम्बुलेन्स छ। आफन्तले बिहीबार राति नै एम्बुलेन्स चालक दलवहादुर पुन र स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलको घरमा पुगेर बिरामीलाई अस्पताल पुर्‍याउने वातावरण मिलाइदिन आग्रह गरेका थिए। तर स्वास्थ्य संयोजक पोख्रेलका परिवारले भने उनी घरमा नभएको भन्दै आफन्तलाई फर्काइएका थिए। बिरामीको मृत्युपछि आफन्तले पोख्रेलमाथि कारबाहीको माग गर्दै नगरपालिकामा नाराबाजी गरेका थिए।

स्वास्थ्य संयोजक पोख्रेलले आफ्नो गल्तीका कारण बिरामीको मृत्यु भएको स्वीकार गरेका छन्। ‘मृतकका सदस्यबाट बिहीबार राति पटक–पटक फोन आएको थियो। मैले फोन उठाएको थिइनँ। घरमै आएर बोलाउँदा पनि जवाफदेही नभएको हुँदा मेरो गैरजिम्मेवारपूर्ण व्यवहारका कारण बनगाड कुपिन्डे नपा–७ घर भई हाल बनगाड कुपिन्डे–१ सल्लीबजार बस्ने बर्ष ४९ का भोलाबहादुर बुढाको मृत्यु भएकोप्रति ध्यानाकर्षण भएको छ। मेरो यस्तो व्यवहारप्रति क्षमायाचना चाहन्छु’, पोख्रेलले विज्ञप्तिमा भनेका छन्, ‘आगामी दिनमा यस्तो गल्ती पुनः नदोहोरिनेसमेत प्रतिबद्धता जाहेर गर्दछु।

प्रकाशित: May 21, 2021| 12:51 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।