सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी इन्काउन्टरमा घाइते भएका 'गुण्डा' लामा ट्रमा सेन्टरमा

प्रहरी इन्काउन्टरमा घाइते भएका 'गुण्डा' लामा ट्रमा सेन्टरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको यूएन पार्कमा एक युवकमाथि गोली चलाएको छ ।

गोली लागेर काभ्रेली समुहको नाममा गुन्डागर्दी गर्दै आएका दावा लामाका सहयोगी अशोक लामा घाइते भएका छन् । घुँडामुनि गोली लागेका उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। लामा गुण्डा नाइके भएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताएका छन् ।

उजुरीको आधारमा माहानगरीय अपराध महाशाखाको टोलीले अपरेसन सुरु गरेको  थियो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी नै गोली प्रहार गरेपछि जवाफी फायर गर्नुपरको महाशाखाले जनाएको छ ।

ललितपुर गिम्दी-८ का ३८ वर्षीय लामाले समूह खडा गरी सातदोबाटो र भैंसेपाटी क्षेत्रका घरजग्गा, क्रसर र निर्माण व्यवसायीहरूसँग धम्क्याउँदै रकम असुल्ने गरेको अपराध महाशाखाले जनाएको छ। प्रहरी टोलीले यूएन पार्कनजिक बसिरहेको फेला पारेर खानतलासी गर्दा फायर खोलेपछि आत्मरक्षाका लागि उनीमाथि गोली चलाउनुपरेको महाशाखाको विज्ञप्तिमा उल्लेख छ ।

उनको दायाँ खुट्टामा गोली लागेको छ । घटनास्थलबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद महाशाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।